site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारी आश्वासन समितिले गृहमन्त्री थापालाई बोलाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाउने भएको छ । शान्तिसुरक्षा स्थापना गर्ने र आपराधिक कार्यमा संलग्न दोषीलाई कारवाही गर्ने आश्वासन पूरा नभएको सन्दर्भमा समितिले सोबारे बुझ्न गृहमन्त्री थापालाई बोलाउन लागेको हो । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले निर्मला पन्तको हत्यारा अझै पक्राउ नपरिसकेको सन्दर्भ र पछिल्लो समय विप्लव नेकपाका कार्यकर्ता कुमार पौडेललगायतको हत्यापछिका सन्दर्भका बारेमा छलफल गर्न गृहमन्त्रीलाई समितिमा बोलाउन प्रस्ताव गरेका थिए । समितिमा गृहमन्त्री थापालाई बोलाउने सहमति भएपनि मिति भने तय भएको छैन । सकेसम्म यही आर्थीक वर्षभित्र गृहमन्त्री थापालाई बोलाउने समितिको तयारी छ । 

गृहमन्त्री थापाले संसदमा पन्तका हत्यारा छिट्टै पत्ता लगाउने बताएको महिनौं बितिसक्दा पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सांसदहरुले मुठभेडका नाममा नक्कली इन्काउन्टर गरिएको, सर्लाहीमा न्याया माग्दा शान्तिपूर्ण जुलुसमा गोली चलाइएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले
संसदीय समिति बनाउन माग गरिरहेका बेला समितिले यसअघि आफैंले दिएका आश्वासन के भयो भनेर सोध्न गृहमन्त्रीलाई बोलाउने भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC