site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्व जनसङ्ख्या दिवसः कहाँ बस्लान्, के खालान् मानिस !
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रत्येक दिन, प्रत्येक घण्टा, प्रत्येक सेकेन्ड संसारको आवादी बढिरहेको छ । अहिले संसारमा ७.७ बिलियन मानिस छन् । बढ्दो जनसङ्ख्याका कारण संसारका कतिपय मुलुक चिन्तित छन् । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सवाल पनि उत्तिकै उठिरहेको हुन्छ । जनसङ्ख्यासँग जोडिएका विभिन्न समस्यामा केन्द्रित रहेर हरेक वर्ष जुलाई ११ तारिखका दिन विश्व जनसङ्ख्या दिवस नै मनाइन्छ । 

जनसङ्ख्या नियन्त्रणको उद्देश्यले वैज्ञानिक तथा अनुसन्धाताहरुले विभिन्न उपाय पत्ता लगाएका छन् । महिला र पुरुषका निम्ति तिनले परिवार नियोजनका विभिन्न साधन आविष्कार गरेका छन् । 

Agni Group

परिवार नियोजका विभिन्न साधन, चेतना अभिवृद्धिका योजना, शिक्षादीक्षाजस्ता कुराले मात्रै विश्वको जनसङ्ख्या कम भएको छैन । अनियन्त्रित जनसङ्ख्याले विश्वमा अनेक समस्या उत्पन्न गरिदिएको छ । कतिपय मुलुकले आफ्ना नागरिकलाई उचित बसोबास, शिक्षा र स्वास्थ्य सुविधा दिन सकिरहेको छैन, तिनको क्षमतालाई सदुपयोग गर्न सकिरहेको छैन । 

नेपालजस्ता कम विकसित मुलुकका लागि बढ्दो जनसङ्ख्या समस्याका रुपमा देखापरेको छ । रोजगारी, शिक्षा, स्वास्थ्यमा सरकारले उल्लेख्य प्रगति गर्न सकिरहेको छैन । यही कारण रोजगारीका सिलसिला होस् या शिक्षा नेपालबाट बर्सेनि लाखौं मानिस बाहिरिइरहेका छन् । 

Global Ime bank

संसारमै आवादी तीव्र गतिमा बढिरहेको छ । तर पृथ्वीको जमिन त बढेको छैन । यसैगरी जनसङ्ख्या बढ्दै जाने हो भने मानिस कहाँ बस्लान् ? तिनले खाने अन्नपात कहाँ उब्जने होला ? जङ्गल र जमिन मासेर ठूल्ठूला बिल्डिङ बनिरहेका छन्, त्यसले प्रदूषण बढाएको छ । पृथ्वीमा उपयोग गर्न योग्य पानीको मात्रा निकै घटेको छ । 

पानी, उब्जाउ भूमि, बसोबासका लागि योग्य भूमि कसरी जोगाउने भन्ने सवाल यतिखेर पेचिलो बन्दै गएको छ । मानिसका हातमा समय कम छ । यही कम समयमा मानिसले उक्त प्रश्नहरुको जवाफ खोज्नुपर्नेछ । होइन भने, संसारका कतिपय क्षेत्रको हालत अकल्पनीय बन्न सक्छ । 

टाढा जानै पर्दैन, काठमाडौं सहर हेर्दा पुगिहाल्छ । यो सहर यतिखेर अधिक प्रदूषित बन्न पुगेको छ । धुलो–धुवाँ र अभावको सहरका रुपमा यसले उपनाम पाएको छ । यो सानो कचौरा आकारको सहरमा कम्तीमा आधा करोड मानिस बस्छन् । पानी, बिजुली, रोजगारी, खानेकुरा मानिसलाई अत्यावश्यक छ । यिनै कुरा व्यवस्थित गर्न पनि काठमाडौंलाई कठिन छ । 

यसकारण पनि सरकारले विश्व जनसङ्ख्या दिवसका दिन जनसङ्ख्या वृद्धिको समस्यामा ध्यान दिनु त पर्छ नै साथमा व्यवस्थित बसोबास र नागरिकलाई उनीहरुसँग भएको क्षमताका आधारमा स्वदेशमै रोजगारीको व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । चेतनशील र स्वस्थ मानिसले नै कस्ता सन्तान र कति सन्तान जन्माउने भन्ने बुझेका हुन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC