site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतको पत्रबारे परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छः कृषिमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रबारेमा परराष्ट्र मन्त्रालय जानकार रहेको कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री खनालले भने, ‘‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोधार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लुटिआ .अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै आफूलाई पत्रबारेमा जानकारी नै नदिइएको गुनासो गरेका थिए । उनले हिजो परराष्ट्र, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यसबारेमा जानकारी भएपनि आफूलाई जानकारी नदिइएको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आज कृषिमन्त्रीले भने सो मामिला परराष्ट्र मन्त्रालयतिर पन्छाएका छन् ।  मन्त्री खनालले विषादी जाँच अहिले पनि जारी नै रहेको दाबी गरेका छन् । उनले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्नेपनि विश्वास दिलाए ।

मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको जनाउँदै भने, ‘‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षण सुरु गरेका हौं, त्यतिबेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’’ काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेको मन्त्री खनालले सुनाए । उनले भने, ‘‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिन । भएका ल्याबहरु सञ्चालन गर्न जनशक्तिको समस्या छ ।’’

Global Ime bank

विषादी जाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै उनले निर्णयमा नाकामा जाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC