चीनमा मुसलमानमाथि प्रतिबन्धबारे अन्तरराष्ट्रिय समुदायको चासो

चीनमा मुसलमानमाथि प्रतिबन्धबारे अन्तरराष्ट्रिय समुदायको चासो

काठमाडौं । चीनमा मुसलमानमाथि लगाइएको प्रतिबन्धका विरुद्ध अन्तरराष्ट्रिय समुदायले चासो देखाएको छ । मानवअधिकार निगरानी संस्था (ह्यूमन राइट्स वाच) ले २२ पश्चिमा मुलुकले वक्तव्य जारी गरेर मुसलमानमाथि लगाइएको प्रतिवन्धप्रति चासो व्यक्त गरेको हो । 
शिनजियाङ क्षेत्रमा उइगर र अन्य मुसलमानविरुद्ध मनोमानी ढंगले लगाइएको नजरबन्द र प्रतिबन्धहरु हटाउन उनीहरुले माग गरेका छन् । २२ राष्ट्रको समूहले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा उक्त महत्वपूर्ण बयानको सराहना गरेको छ । जुन शिनजियाङमा चीनको नीतिका बारेमा चिन्ता व्यक्त गर्ने सांकेतिक कदम थियो । 
मानवअधिकार समूह र अमेरिकाले शिनजियाङमा झण्डै १० लाख मुसलमानहरुलाई मनोमानी ढंगले नजरबन्द गरिएको अनुमान गरेका छन् । यद्यपि, चीनले मानवाधिकार उल्लंघनको आरोपको खण्डन गर्दै आएको छ । मुसलमानहरुलाई कट्टरपन्थसँग लड्ने तथा रोजगारीका लागि कला–कौशल सिकाउने उद्देश्यले प्रशिक्षण स्कूलमा राखिएको चीनको दाबी छ । 
नवभारत टाइम्सबाट
 

प्रतिकृया दिनुहोस
ad