site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुख्यमन्त्री कप: सहिद रंगशाला डुबेपछि धरान सारियो खेल
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताले बर्खे झरीको स्वागत पाएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र अखिल नेपाल फुटबल संघले मध्य असारबाट सुरु गरेको प्रतियोगिता ‘बजेट सक्ने उद्देश्यले’ हठात् घोषणा गरिएको भन्दै खेलकुद वृत्तमै आलोचित भएको छ । तर, यसको फाइनल खेल विराटनगरबाट धरानमा सारिएको छ । प्रतियोगिता घोषणा भएको मितिदेखि नै मौसमलाई लिएर विवादमा तानिएको थियो । खासगरी मनसुन सुरु भइसकेको अवस्थामा असार महिनामै सक्ने गरी यो प्रतियोगिता आयोजना हुनुलाई खेल क्षेत्रकै विज्ञहरुले समेत ‘बजेट सक्ने मेलो’ भनेर टिकाटिप्पणी गरेका थिए ।

आयोजकको प्रदेश राजधानी विराटनगरमा फाइनल चरणका खेल गर्ने तयारी थियो । तर, पत्रकार सम्मेलन गरेर फाइनल खेलबारे जानकारी दिनु तीन दिनअघि नै सुरु भएको बर्खे झरीले सहिद रंगशाला डुबानमा परेको छ । त्यसपछि फाइनल खेल धरानमा सारिएको घोषणा गरिएको छ ।

प्रदेश सरकारको रु. १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) को रु. ३३ लाख गरी १ करोड ३३ लाख रुपैयाँ लागतमा प्रतियोगिता आयोजना भएको हो । एन्फाका सचिव किरण राईले फाइनल खेल नसर्ने बरु धरानमा दुईवटै खेलमैदानलाई चालू हालतमा राखिएको बताउँदै भने, ‘‘वर्ल्डकप पनि पानी पर्ने मौसम जुन–जुलाईमै हुन्छ । त्यसैले हामी पनि स्पर्धा रोक्ने वा सार्ने पक्षमा छैनौं ।’’ राईले विराटनगरमा जस्तो धरानमा रंगशालामा पानी जम्ने समस्या नरहेको दाबी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्फा सचिव राईका अनुसार सबै तयारी पूरा गरिएको छ । पानी त लगातार आएको छ । तर धरानमा रोकिने बित्तिकै बगेर सुक्छ । खेल मैदानमा जम्दैन । राई भन्छन्, ‘‘धरानमा खेल खेल्न सकिन्छ । आधा घन्टामै मैदानबाट पानी बाहिर भाग्छ । प्रतियोगिता हुन्छ, गर्छौ । धरान रंगशाला र एन्फा एकाडेमीको मैदान नै तयारी अवास्थामा राखेका छौं । एकातिर नभए अर्कोमा गर्छौ ।’’ राईले मौसमले केही अफ्ठेरो पर्न गएको तर अर्को पटकदेखि सुधार गर्ने भन्दै गलत नियतले प्रतियोगिता नगरिएको दाबी गरे । 

असार १६ गतेदेखि सुरु गरिएको प्रतियोगिताको तयारी स्वरुप भाग लिने हरेक क्लबलाई ५० हजार र १५ थान फुटबल प्रदान गरिएको थियो । एन्फाका अनुसार लिगमा प्रदेश १ का १४ वटै जिल्ला सहभागी भए । तीनवटा स्थानमा उद्घाटन खेल भयो । उदयपुर, सुनसरीको धरान र इलाममा जिल्लाहरुबीच प्रतिस्पर्धा भएको थियो । 

Global Ime bank

छनोटमा विवाद पनि उत्तिकै

धरानबाट सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश र तेह्रथुम प्रतियोगिताबाट बाहिरिएसँगै विवाद चुलिएको छ । लिगअन्तर्गत धरानमा सम्पन्न भएको समूह चरणको खेलमा समान ८ अंक जोडेका तेह्रथुम, धनकुटा र सुनसरीमध्ये तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा सुनसरीले भोजपुरलाई १ का विरुद्ध ९ गोल र धनकुटाले संखुवासभालाई २ का विरुद्ध ७ गोल अन्तरले पराजित गरेका थिए ।

तर, यसअघि दोश्रो चरण प्रवेशका लागि तेह्रथुम ८ अंकसहित सुरक्षित रहेको थियो । अन्तिम खेलमा दुवै टोलीको अप्रत्यासित नजिताले धनकुटा र सुनसरी दोश्रो चरणमा प्रवेश पाए । यसबारे कुनै उजुरी भने नपरेको एन्फा सचिव राईले बताएका छन् । उनले भने, ‘‘विवाद भएको हो भने लिखित उजुरी आउनु पर्ने हो तर आएको छैन । आयो भने छानबिन हुनेछ ।’’

विजेतलाई ४ केजी चाँदीको ट्रफी

मुख्यमन्त्री कप प्रदेश लिग फूटवल प्रतियोगिता–२०७६ को फाइनल खेलका विजयी टोलीले चार केजी चाँदीको ट्रफी प्राप्त गर्नेछ । सुनसरीको धरानमा असार २७ गतेदेखि ३१ गतेसम्म फाइनल चरणको खेल हुनेछ ।
लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति, धनकुटा, बेलवारी फुटबल क्लब मोरङ छन् भने ‘ख’ समूहमा सैनिक युथ क्लव, झापा, बाक्सिला फुटवब क्लव खोटाङ्ग र रेडहर्स क्लव इलाम रहेका छन् । प्रतियोगितामा फाइनल खेल असार ३१ गते हुने भएको छ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफि हात पार्नेछ भने बाँकी सबै ४ टिमले ७५–७५ हजार नगद सान्त्वनाको रुपमा पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले नगद २५–२५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५–५ हजार पाउने एन्फाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC