site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वायु प्रदूषणले ४५ को मानिसको फोक्सो ६१ वर्षको जस्तो
Sarbottam CementSarbottam Cement

लन्डन । झण्डै तीन लाख मानिसमाथि पाँच वर्ष गरिएको एक अध्ययनले वायु प्रदूषणले मान्छेको फोक्सोमा कति असर गर्छ भनी खोज गरेको छ । यो अध्ययनको नतिजाले हरेक मानिसलाई चिन्तित बनाउन सक्छ । त्यसो त हामी सबैलाई वायु प्रदूषणले मानिसको उमेरमा चुनौती दिइरहेको थाहा छ ।  मानिसको उमेर बढेसँगै फोक्सोले गर्ने काम पनि कम हुँदै जान्छ । तर प्रदूषणका कारण उमेरभन्दा अगाडि नै फोक्सो कमजोर हुँदै जान थालेको छ । शरीरका सबै अङ्ग सक्रिय हुनका लागि आवश्यक अक्सिजन प्रोसस गर्ने क्षमता घटिरहेको छ । यसले ब्लड सर्कुलेसनमा समेत असर गर्छ । 

वायु प्रदूषणले मानिसको फोक्सो कमजोरमात्र पारेको छैन, यसले क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज (सीओपीडी) हुने खतरा पनि बढाइदिएको छ । यो रोग लागेमा फोक्सो सुन्निने तथा जलन हुने गर्छ । नतिजामा स्वास नली विस्तारै खुम्चिँदै जाने र पछि गएर स्वास लिनै समस्या हुन थाल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हावामा रहेको पीएम २.५ वायु प्रदूषणले मानिसको फोक्सो प्रत्येक वर्ष दुई वर्ष बूढो बनाइदिएको छ । यसले फोक्सोको कार्यक्षमता तीव्र गतिमा घटाइदिएको छ । अति प्रदूषित स्थान (विशेषगरी नयाँ दिल्लीजस्ता सहर) का वासिन्दाको फोक्सो उमेरभन्दा चाँडै बूढो हुने गरेको छ । यो समस्याबाट काठमाडौं पनि मुक्त छैन । यतिखेर कतिपय प्रदूषण बढी भएका सहरका ४५ वर्षका मानिस ६१ वर्षका जस्ता देखिन थालेका छन् ।

युरोपियन रेस्पिरेटोरी नामको जर्नलमा प्रकाशित यो अध्ययनको नतिजाले भनेको छ– मानिसको उमेर बढ्दै गएसँगै फोक्साको कार्यक्षमता पनि घट्दै जान्छ । तर वायु प्रदूषणका कारण आयुवृद्धि तीव्र गतिमा भइरहेको छ । र, यसको सबैभन्दा बढी असर फोक्सोमा पर्न गएको छ । यो अध्ययनमा विभिन्न उमेर समूहका मानिस, तिनको उमेर, लिङ्ग, आम्दानी, शिक्षा, धुम्रमान गर्ने–नगर्ने, सेकेन्ड ह्यान्ड स्मोकिङको असरलगायतका सन्दर्भ जाँच गरिएको थियो ।  
(नवभारत टाइम्समा आधारित)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC