site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छुट्टै व्यवहार गर्न राष्ट्र बैंकलाई स्ट्यान्डर्ड चार्टर्डको आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकलाई आफूलाई छुट्टै व्यवहार गर्न आग्रह गरेको छ । बैंकले आफू अन्तरराष्ट्रिय बैंक भएको र नेपाली जनताको सेवाका लागि स्वच्छ व्यवसाय गर्ने गरेको भन्दै राष्ट्र बैंकलाई यस्तो आग्रह गरेको हो । 

राष्ट्र बैंक स्रोतका अनुसार स्ट्यान्डर्ड चार्टर्डले आफ्नो ‘अडान’सहितको पत्र राष्ट्र बैंकलाई पठाएको छ, जसमा आफूलाई अरु बैंकसँग तुलना नगर्न अनुरोध गरिएको छ । औपचारिक पत्रमा बैंकले आफू अरुभन्दा फरक तथा अन्तरराष्ट्रिय बैंक भएको र नेपाली बैंकलाई गरिने व्यवहार आफूलाई सुहाउँदो नभएको उल्लेख गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । पत्रमा बैंकमा ५१ प्रतिशतभन्दा बढी सेयर चार्टर्ड ग्रुपको रहेको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले जुन लक्ष्यसहित मर्जरको कुरा ल्याएको छ, बैंकले अहिले नै त्यो ‘मेन्टेन’ गरिरहेको दाबी पत्रमा गरिएको छ । नेपाली र विदेशी वित्तीय संस्थाबीचको सेतु बन्ने काम गरिरहेका कारण पनि बैंकलाई फरक व्यवहार गर्न अनुरोध गरिएको हो । बैंकले ‘फोर्सफुल मर्जर’ गर्न बाध्य नबनाउन पनि राष्ट्र बैंकलाई आग्रह गरेको बताइएको छ । 

Agni Group

बैंकले मर्जरबारे आफ्नो धारणा राष्ट्र बैंकलाई पठाइसकेको जानकारी दिएको छ । बैंकको कर्पोरेट मामिला तथा मार्केटिङ प्रमुख प्रणु सिंहले बाह्रखरीसँग भनिन्, “त्यो हाम्रो अडान नभएर अनुरोध हो ।” नेपालमा स्वच्छ प्रतिस्पर्धासहित व्यावसायिक कारोबार गर्न बैंक प्रतिबद्ध रहेको उनले दाबी गरिन् । सिंहले भनिन्, “बाँकी निर्णय नियामक संस्थाको हातमा छ ।”

राष्ट्र बैंकले पनि विदेशी बैंकका लागि छुट्टै व्यवस्था गर्ने आश्वासन यसअघि नै दिएको छ । ती बैंकलाई मर्जरमा जान बाध्य नपार्ने रणनीति लिने योजना बनाएको राष्ट्र बैंक स्रोतले बतायो ।

Global Ime bank

१७ वटा बैंकले नेपाल राष्ट्र बैंकमा मर्जरका लागि प्रतिवद्धता समेत गरिसकेका छन् । राष्ट्र बैंकका अनुसार एनएमबी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसयता ग्लोबल आईएमई र जनता बैंकले मर्जरमा जाने सहमति गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कुमारी बैंक र मेगा बैंकले पनि मर्जरको प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर, विदेशी लगानी भएका बैंक भने मर्जरमा जान तयार देखिँदैनन् । राष्ट्र बैंकमा तीनवटा सरकारी बैंकसहित अन्य ८ बैंकले भने मर्जरको प्रतिवद्धता गरेका छैनन् । ती बैंकमा नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । हिमालयन बैंकले भने मर्जरमा जान प्रतिवद्धता गरेको छ ।

बैंक अफ काठमान्डु, सिद्धार्थ बैंक, प्रभु बैंक, नबिल बैंकले पनि मर्जरको प्रतिवद्धता नगरेको राष्ट्र बैंकले दाबी गरेको छ । ती बैंक मौद्रिक नीतिको पर्खाइमा छन् । विकास बैंकतर्फ सांग्रिला, महालक्ष्मी र सहयोगी विकास बैंकले प्रतिवद्धता पत्र लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC