site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत हो कि सरकारको धारणा हो भनेर प्रश्न गरेका छन् । गृहमन्त्री रामबहादुर थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा सर्लाही गोली काण्डका बारेमा प्रष्ट्याउँदै जनताको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने दायित्व निर्वाह गरेको अभिव्यक्ति दिएका थिए । 

‘‘सर्लाहीमा विप्लव समूहले आतंक मच्चाइरहेको थियो । चन्दा आतंक, जनप्रतिनिधिलाई धम्की दिने काम भइरहेको थियो । त्यहाँ जनप्रतिनिधिहरुकै मागअनुसार शान्ति सुव्यवस्था होस्, जनताको जीउधनको रक्षा होस् भन्ने मागअनुसार नै राज्यले कदम उठाएको हो,’’ उनले संसदलाई घटनाका बारेमा जानकारी दिँदै भनेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस प्रवक्ता शर्माले गृहमन्त्री थापाको सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीलाई ट्विटरमार्फत् प्रश्न गरेका छन्, ‘‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो @PM_Nepal ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?’’

उनले ओलीलाई द्वन्द्वकालीन अवस्थाको स्मरण गराउँदै अगाडि भनेका छन्, ‘‘उसबेलाको ‘प्रजातन्त्र’ ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र ? सहादतको सूचीमा भलै हामी कयौंको नाम हुन्थ्यो !’’ 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC