खेल
काठमाडौं । ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेलेका छन् ।
सोमबार एन्फा कम्पलेक्समा भएको खेलमा संकटा र हिमालयनले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाढ्न बाध्य भएका हुन् । बराबरीसँगै समूह ‘ए’ को संकटाले चार खेलबाट ४ अंक जोडेको छ । हिमालयनको तीन खेलबाट ७ अंक रहेको छ ।
प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन हिमालयनको सम्भावना बलियो छ भने संकटाको क्वार्टरफाइनल पुग्ने सम्भावना केही न्यून छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६ १७:५७
प्रतिक्रिया दिनुहोस्