राजनीति
काठमाडौं । नेकपा एमालेले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जीवन गुमाएकाको परिवार तथा घाइतेको उपचारका लागि नेकपा एमाले प्राकृतिक विपत्ति कोष खडा गरेको छ ।
एमाले सचिवालय बैठकले बाढी पहिरोबाट जीवन गुमाएका प्रत्येक मृतकका परिवारलाई पार्टीको “प्राकृतिक विपत्ति राहत कोष” बाट रु २५ हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराइले जानकारी दिए । उक्त रकम अविलम्ब पिडितहरु समक्ष पु¥याउनका लागि आवश्यक प्रबन्ध मिलाउन पार्टीका सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । सचिवालय बैठकले मानविय संवेदनशिलतालाई ख्याल गर्दै पीडितहरुको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापिका संसदका सदस्यहरु तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा रहेकासँग प्रतिव्यक्ति रु ५ हजार “प्राकृतिक विपत्ति राहत कोष” मा सहयोग गर्ने निर्णय गरेको भट्टराइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सामुदायीक संघ÷संस्थाहरु, विभिन्न वर्ग र पेशाका जनसमुदायहरुलाई अपिल गरेको छ । यसका लागि “नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोष” कृषि बिकास बैंक, कालिमाटी शाखामा चल्ती खाता नं. ०२१०३००७१७९१७०१० रहेको जानकारी गराएको छ ।
बैठकमा सिमा क्षेत्रमा (दशगजा) भारतबाट एकतर्फी ढंगले बनाइएका बाँध र सडक लगायत संरचनाका कारण नेपालतर्फको भू–भाग डुबानमा परेको तथ्यप्रति पुनः स्मरण गराउँदै यस समस्याको दिगो समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३ १६:३६
प्रतिक्रिया दिनुहोस्