site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित राजदूतको संसदीय सुनुवाई आज तीन बजे
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित  राजदूतको सुनुवाई आज अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको छ ।  समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्हसम्मका लागि स्थगित गरिएको हो । 

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने आफ्नो योजना सुनाए । 

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC