पछिल्लो बाँझोपन १० देखि १५ वर्षयताको तथ्याङ हेर्दा साढे दुई गुणाले बढेको देखिएको छ । अस्पतालमा हरेक दिन बाँझोपनको समस्या लिएर आउने बिरामी दर पनि बढिरहेको छ । करिब २० देखि २५ वर्षअघि महिलाहरुको जीवनयापन बैग्लै थियो । अझ भनौँ त्यो समयमा महिलाहरुको समयमा विवाह गर्ने, बच्चा जन्माउने गर्थे । त्यो समयमा खासै बाँझोपनको समस्या देखिँदैन थियो । तर पछिल्लो समय बाँझोपनको समस्या किन बढ्दै छ भने महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो गर्ने गर्छन् । मेरो जागिर छ म बच्चा पछि जन्माउँछु भन्दाभन्दै एउटा उमेर जान्छ ।
एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ । अझ ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा उपयुक्त समय मानिन्छ । तर यदि कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशयहरु कम उत्पादन हुन्छ । अझ यदि विवाह गर्दा पनि आफ्नो अध्ययन सक्ने सबै काम गरिसक्ने आदि गरेर मात्र बच्चा जन्माउने योजना गरेको देखिन्छ । जसले पनि बाझोपनको समस्या पनि बढेको देखिन्छ । अर्को विवाह भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ ।
यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने त्यसले बाँझोपन बढाउँदै जान्छ । अर्को बाँझोपन देखिन सहयोग गर्ने भनेको कुनै महिलामा बच्चा बस्यो तर म बच्चा जन्माउन सक्दिनँ भनेर गर्भपतन गर्ने गर्छन् । धेरैमा गर्भपतन गर्दा संक्रमण हुने त्यो संक्रमण पाठेघरको ट्युवमा जान्छ । असुरक्षित गर्भपतन पाठेघरभित्रको भित्ताको छेउमा असर गर्छ । जसका कारण पनि बच्चा बस्न सक्दैन । जसका कारण पनि बाझोपनको समस्या देखिन्छ । लामो समयसम्म शारीरिक सम्पर्कमा हुँदा पनि बच्चा बस्दैन । भने सुरुमा श्रीमान श्रीमतीको स्कृनिङ गरिन्छ । महिलाको सुरुमा पाठेघरको र हर्मोनको चेकजाँच गरिन्छ ।
सबैभन्दा पहिले हामीले के बुझ्नुपर्छ भने सबै बाँझोपनका बिरामीलाई आईभीएफ नै आवश्यक पर्दैन । सबै चेकजाँच गर्दा करिब ७० प्रतिशत महिलामा आईभीएफ आवश्यक पर्दैन । ३० प्रतिशतलाई मात्र आईभीएफ चाहिन्छ ।
धेरै महिलाहरुमा हार्मोनको गडबडीका कारण पनि बच्चा नबस्ने हुन्छ ।
थाइराइडको समस्या, पाठेघरको संक्रमण र मोटोपनको समस्या भएमा बच्चा नबस्ने हुन्छ । यी यस्ता समस्याको उपचार गरेमा बच्चा बस्नका लागि समस्या हुँदैन ।
धेरैमा बाँझोपन भन्नेबित्तिकै (आईभीएफ )‘टेस्टट्युब बेबी’ बुझ्ने गरेको पाइएको छ । तर हामीले ‘टेस्टट्युब बेबी’ गर्नुभन्दा अघि धेरै चेकजाँच गरिन्छ । त्यो चेकजाँच गरेर पनि बाँझोपनको समस्या कम गर्न सकिन्छ । वा त्यो समयमा बाँझोपनको समस्या समाधान गर्न सकिएन भने मात्र अन्तिममा (आईभीएफ ) ‘टेस्टट्युब बेबी’ को प्रक्रियामा गइन्छ ।
मानौँकि कुनै महिलाको पाठेघरको दुबै ट्युब बन्द छ वा उमेर बढी भएको कारण डिम्बाशयमा डिम्ब नै बन्दैन । अथवा कुनै पुरुषमा शुक्रकिटको मात्रा कम उत्पादन हुन्छ । यस्तो जटिल अवस्थामा मात्र (आईभीएफ ) ‘टेस्टट्युब बेबी’ को प्रक्रियामा लिनुपर्छ । सामान्यतयाः एक महिला हरेक महिना २८ देखि ३० दिनमा महिनावारी हुन्छिन् । त्यसको बीचको समयमा १२ दिनदेखि १५ दिनमा डिम्बाशय अन्डा फुट्छ । त्यो समयमा यौन सम्पर्क भएमा बच्चा बस्छ ।
तर यो अवस्थामा बच्चा नबस्दा महिलामा एउटा डिम्बाशय धेरै उत्पादन गर्ने, अल्ट्रासाउन्डको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । ल्याबमा त्यही अन्डालाई माइक्रोस्कोपको तल श्रीमानको शुक्रकिट लिइ दुईवटालाई मिलाएर (एम्ब्रोज) बनाउँछौ । (एम्ब्रोज) भनेको बच्चा हो ।
बाँझोपनको समस्या महिलामा बढी देखिने गरेको छ । यो कसैकसैमा बंशाणुगत कारणले पनि देखिने गरेको छ । बंशाणुगत कारणबाट बाँझोपन हुनेदर १० देखि १५ प्रतिशत छ ।
बाँझोपन समाधानको उपायहरु
विवाह समयमा गर्ने,
समयमा बच्चा जन्माउने ।
असुरक्षित गर्भपतन नगर्ने ।
इन्फेक्सनको समयमा नै उपचार गर्ने ।
गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषहरुसँग परार्मश लिने ।
समय समयमा पाठेघरको चेकजाँच गर्ने ।
(डा. शर्मासँग बाह्रखरीका लागि सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)