site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
प्रधानमन्त्रीका कर्कश पुरजन 
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी ओली स्वयं अरूलाई घोच्ने र बिझाउने गरी कटु वचन प्रहार गर्न रुचाउँछन् । उनका परिजन र पूरजनले त्यसको सिको गर्नु अस्वाभाविक हैन । तर, सत्तामा हुनेले ओँठे जबाफ लगाउनुभन्दा शालीनरूपमा स्पष्टीकरण दिनु बुद्धिमानी हुन्छ । हुनत, राजनीतिक नेतृत्व विश्वमै बढी अनुदार हुँदैगएको छ । अमेरिकादेखि रुसका राष्ट्रपतिसम्मको अभिव्यक्तिमा छुद्रताको मात्रा पूर्ववर्तिहरूका तुलनामा निकै बढेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि अपवाद बन्न सकेका छैनन् । यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीबाट शिष्टता र शालीनताको अपेक्षा पनि सायद उचित हुँदैन होला । तर, प्रधानमन्त्रीले घोचपेचको साटो शालीन र शिष्ट वचन प्रयोग गरे उनको साख र प्रभाव पक्कै घट्ने थिएन । प्रधानमन्त्री त भए नै उनका सल्लाहकार र सरकार प्रवक्ताले पनि पूरै उनैको शैली अपनाउने गरेका छन् । कुनै स्वतन्त्र व्यक्ति वा संस्थालाई सर्वेक्षण गराए हुन्छ उनीहरूको छुचो बोलीले सरकारको लोकप्रियता र साख गिराउने काममात्र गरेको देखिनेछ ।

सरकार गठन भए यता दर्जनौ निर्णयहरू सरकारले फिर्ता लिनु परेको छ । काम गर्दा गल्ती हुनु पटक्कै अस्वाभाविक हैन । गल्ती भएको थाहा पाएपछि सच्याउनु वा निर्णय फिर्ता लिनु पनि कमजोरी हुँदैन । तर, अगिल्लो दिनसम्म आफ्नो निर्णयको पक्षमा कुर्तक गर्ने र विरोध गर्नेहरूलाई कटु वचन प्रहार गरेर आक्रमण गरेपछि निर्णय सच्याउँदा पनि जस पाइँदैन । गुठी हरण विधेयक यसको जीवन्त उदाहरण हो भने अरू पनि थुप्रै घटनामा सरकार पहिले आक्रामक अनि तुरुन्तै प्रतिरक्षात्मक हुन पुगेको छ । सरकारको यस्तो कार्यशैली र राज्य सञ्चालकहरूको छुद्र वचनका कारण कालान्तरमा राज्यकै विश्वसनीयता खस्कन्छ । असल व्यक्ति सरकारमा पुगे पनि जनताले पत्याउन हिचकिचाउँछन् । यसैले प्रधानमन्त्री ओली र उनका परिजन तथा पूरजनहरूले विचार गरेर बोल्ने बानी बसाल्नु आवश्यक छ । व्यक्तिगत कुण्ठा र अहम् तुष्टिका लागि राज्यको साख गिराउनु उचित हुँदैन । प्रधानमन्त्रीले पालेको कागको कर्कश ध्वनिले अन्ततः उनैको निद्रा बिथोलिने हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालीमा एउटा आहान छ – ‘संगत गुृनको फल’ । यसै कथनसँग मिल्ने समुद्र र ब्रह्माको संवादको पौराणिक उपाख्यान यस प्रकार छ – त्रेता युगमा रामचन्द्रले लंका जानका लागि समुद्रमा सेतु बनाए । अर्थात्, समुद्र बाँधिए । समुद्रले ब्रह्मासँग गुनासो गरे – के पाप गरेँ र म यसरी बाँधिनु परेको हो ?  ब्रह्माले उत्तर दिए – समुद्र राज, तिमीले कुनै पाप गरेका छैनौ तर दुर्जनको संगतमा रहेकाले बाँधिनु परेको हो । रावणको छेउमा भएकाले रामले तिमीलाई बाँधेका हुन् । यस कथाको नैतिक शिक्षा – दुर्जन दुच्छरहरूको वरपर रहनेहरूले पनि फल भोग्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन दत्तचित्त देखिन्छ । तर, लगाम भने प्रधानमन्त्रीका पूरजन र परिजनहरूको अभिव्यक्तिमा पो लगाउनुपर्ने देखियो !

तस्बिरः प्रधानमन्त्रीको सचिवालय 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC