site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफ्नैबाट असुरक्षित ! डरलाग्दो बाटोमा किन जाँदैछ समाज ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । ६ जेठ ०७६ मा पाँचथरको आरुबोटेमा दुई परिवारका नौ जनाको एकैरातमा विभत्स हत्या भयो । घटनामा दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो । 

७५ वर्षीय बमबहादुर फियाकसहित उनकी श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्यो ।  यस्तै ३४ वर्षीय धनराज शेर्मा, निजकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र छ वर्षीया इच्छा शेर्मासमेतको हत्या भयो । 

घटनास्थलबाट केही पर बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव भेटियो । माखिमले नै नौजनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । अनि मानसिक रोगी भएको समेत अनुसन्धानका क्रममा पाइयो । माखिमले हत्या गर्नु पछाडिको कारण उनकी श्रीमती भएको रहस्य बाहिर आयो । 
...

Prabhu Bank
Agni Group
NIC Asia

१५, असार ०७६ मा भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भयो ।  यहाँसम्मकी छोरी ईश्वरीले आमालाई मार्नकै लागि प्रेमीको सहयोग लिइन् । प्रेमीले भारतबाट अपराधिक व्यक्तिलाई बोलाएर सावित्रीको हत्या गराए ।

आफ्नो र प्रेमीबीचको सम्बन्ध थाहा पाएपछि उनले आमाको हत्या योजना बनाइन् । महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 
...
१० असार ०७६ मा सप्तरीमा आफ्नै आमा ६० वर्षीया धनमाया पुलामी मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सुरुङ्गा नगरपालिका–१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगर पक्राउ परे । उनले आमालाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भयो । 

Global Ime bank

पछिल्लो समयमा चर्चामा रहेका दुई घटना हुन् भक्तपुर हत्या प्रकरण र आरुबोटे सामूहिक हत्याकाण्ड । दैनिक रुपमा मुलुकमा विभिन्न स्थानमा परिवारकै सदस्यबाट आफन्तको हत्या भएको, खुकरी प्रहार भएका घटना आइरहेकै छन् । अझ भन्ने हो भने बलात्कारसमेत परिवारकै सदस्यहरुको संलग्नता पाइएको छ । पछिल्लो समय परिवारकै सदस्यबाट परिवारकै अन्य व्यक्तिमाथि भइरहेको अपराध डरलाग्दो छ । अर्थात् परिवारकै सदस्यबाट परिवार असुरक्षित । किन परिवार र सामाजबाटै असुरक्षित भइरहेका छन् आफन्त नै !

आफन्त नै अपराधी 

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधको आँकडा बढ्दो क्रममा देखिन्छ । पाँचवर्षमा विभिन्न अपराधका ३३ हजार ९५७ वटा घटना भए । ती घटनालाई नियाल्ने हो भने कर्तव्य ज्यानका घटना बढ्दो क्रममा छन् । पछिल्लो पाँच वर्षमा ३ हजार ९२ वटा कर्तव्य ज्यानका घटना भए । योबाहेक बलात्कार, अपरहण, दुर्घटना, आत्महत्या अन्य घटना छन् । 

आर्थिक वर्ष ०७०–०७१ देखि ०७४–०७५ सम्म आइपुग्दा क्रमशः ६४२, ६०६, ६००, ६६१ र ६२८ कर्तव्य ज्यानका घटना भए । यसबीचमा पछिल्लो चार वर्षमा परिवारकै सदस्य वा नातेदारबाट ६८४ जनाको हत्या भयो ।  पछिल्लो चार आर्थिक वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । कुल २२ सय घटनामा ६८४ मा आफन्तकै संलग्नता पाइयो । 

कर्तव्य ज्यान अपराधको प्रतिशतका आधारमा आफन्तकै संलग्नतामा भएका हत्याको यो ३१ प्रतिशत हो । ०७२–०७३ देखि ०७५ माघसम्मको तथ्याङ्कअनुसार २७५ जनाले श्रीमतीको हत्या गरेका छन् । ५८ जनाले श्रीमानको हत्या गरेका छन् भने १५ जना छोराछोरीको आफ्नै बुबाआमाबाट हत्या भएको छ । यस्तै छोरालेमात्र विगत चारवर्षमा आमाबाबुको हत्या गरेको ५३ घटना छन् । यस्तै ६२ जना नवजात शिशुको हत्या आमाले गरेको पाइएको छ ।

बाबुले छोराछोरी २२, परिवारकै सदस्यले परिवारकै सदस्य ५१, दाजुले भाई बहिनीलाई २५ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । 

योबाहेक बलात्कारका घटनामा पनि आफन्त, चिनजानकै व्यक्तिको संलग्नता बढी तथ्याङ्कको विश्लेषणबाट देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार ०७०–०७१ मा बलात्कारका ९०५ घटना भए । ०७१–७२ मा ९८१ घटना हुँदा ०७२–७३ मा १०९३ र ०७३–७४ मा ११३७ वटा बलात्कारका घटना भए । ०७४–०७५ मा बलात्कारका एक हजार ४ सय भन्दा बढी बलात्कारका घटना भए । 

अधिकांश बलात्कार घटनाका पीडितको उमेर १८ वर्षमुनि छ । प्रहरीकै तथ्याङ्कका आधारमा भन्ने हो भने अधिकांश बलात्कारका घटनामा ८५ प्रतिशत बढी घटनामा आफन्त, नातागोता र नजिकका व्यक्तिको संलग्नता देखिन्छ । यसले समाजिक मनोविज्ञान कतातिर जाँदैछ भन्ने कुराको संकेत गरेको छ । आफन्तबाटै हत्या र बलात्कार हत्या हुने क्रम बढ्दै जानुले पारिवारिक सम्बन्धमाथि नै डरलाग्दो अवस्थाको संकेत गरेको छ । 

डरलाग्दो बाटोमा समाजः पूर्वडीआईजी मल्ल

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल अपराध मामिलामा विज्ञ मानिन्छन् । उनको बुझाइमा अपराधको जालो नेपाली समाजमा डरलाग्दो रुपमा फैलिएको छ ।  मल्ल भन्छन्,‘‘छोरीले आमा मार्नु, एक–डेढ वर्षकै नाबालिका बलात्कृत हुनु निकै डरलाग्दो विषय हो । यसको कारण समाजमै खोजिनुपर्छ, विस्तृत अध्ययन हुन जरुरी छ ।’’ 

जीवनशैलीमा आएको परिवर्तनसँगै, प्रविधिको विकास, वैदेशिक रोजगार, लागुऔषध, मदिराको प्रयोग, राजनीति र व्यवस्थाप्रतिको निरासाले मानिसलाई अपराधमा प्रेरित गरिरहेको मल्लको अनुभव छ । 

मल्ल भन्छन्, ‘‘मुलुकमा चलेको १० वर्षे द्वन्द्वले राजनीतिक परिवर्तन त गरेको होला तर त्यसले निम्त्याएको द्वन्द्व निकै भयावह छ । परिवारबाटै परिवार असुरक्षित हुनुपर्ने । हतियारको ज्ञान भएको ठूलो जमात बाहिर छ । निरासाको दिर्घकालीन व्यवस्थापन नहुँदा अपराधको जोखिम बढ्दो क्रममा छ ।’’  

निरासाको विस्फोट अपराधिक रुपमा अगाडि आउने गरेको उनको अनुभव छ । ‘‘अपराध नियन्त्रणका लागि राज्यले कानुन ल्याउने हो । तर त्यसका लागि सबै पक्ष जिम्मेवार बन्न जरुरी छ । किन अपराध बढ्दैछ, कारण खोज्ने बेला आएको छ । त्यसले समाजको अध्ययन हुन निकै आवश्यक भइसक्यो,” डीआईजी मल्लले भने ।

समाजमा अनुशासन नै रहेनः प्रा. डा. सरोज ओझा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोज ओझा समाजिक अनुशासन कमजोर हुँदै गएको दाबी गर्छन् । आर्थिक अवस्था, गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता, मादक पदार्थलगायतको सेवनले मनोविज्ञानमा नकारात्मक असर परिरहेको ओझा बताउँछन् ।  प्रा.डा. ओझा भन्छन्, ‘‘नराकात्मक मनोविज्ञानको विकासले नै अपराध जन्माउँछ । यसका लागि राज्य र समाज सबै जिम्मेवार बन्न जरुरी छ । कुनै व्यक्ति अवसरभन्दा चुनौती र समस्या बढी देख्ने अवस्थामा उसमा आउने निरासाले नकारात्मक मनोविज्ञानको विकास हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC