राजनीति
धनगढी । नेकपा एमालेको मेची महाकाली अभियानमा कलाकारहरु पनि सहभागी भएका छन् । बिहीबार धनगढीमा आयोजित सभामा कलाकार मनोज गजुरेलले सहभागीलाई मनोरञ्जन गराए ।
सभामा मनोज गजुरेलले भाषण पनि गरे । "एमालेले देखाएको सपना ताजा छ । हिजो नेपाली थियौं, आज पहाडी, हिमाली, मधेसी पूर्वेली, पश्चिमेली भयौं । जन्म दिनको केक होइन नि मुलुक, चट्ट काटी खाने" गजुरेलले भने । सरकार जोसुकैको भए पनि पाँच वर्ष टिक्नुपर्ने उनले बताए ।
यसअघिका एमालेका कार्यक्रममा बद्री पंगेनीले गीत गाएर सहभागीलार्इ नचाएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३ १३:३०
प्रतिक्रिया दिनुहोस्