काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन् । प्रचण्डले पीएचडीको ज्ञान कम्युनिस्ट पार्टीलाई मात्रै काम लाग्ने टिप्पणी गरेको केही समयपछि नै अध्यक्ष भट्टराईले कटाक्ष गरेका हुन् ।
‘‘कमरेड दीपक मनाङे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?,’’ उनले ट्विट गर्दै भनेका छन् ।
समाजवादी पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका नेताहरुको स्वागत गर्दै प्रचण्डले भट्टराईलाई समाजवादी आन्दोलनले सकारात्मक परिणाम नदिएको भन्दै नेकपामै प्रवेश गर्न आग्रह गरेका थिए । डा. भट्टराईको पीएचडीको ज्ञान पनि कम्युनिस्ट पार्टीलाई नै काम लाग्ने प्रचण्डको टिप्पणी थियो ।