site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनलाइन भुक्तानीका लागि नेप्से एनसीएचएलसँग आबद्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन सेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, एनसिएचएल–आईपिएस तथा कनेक्ट आईपिएस ई पेमेन्ट सिस्टममा पूर्ण रुपमा ईन्टिग्रेट गरेको छ । लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।

लगानीकर्तालाई टिएमएस लगइन (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपिएस  कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आईपिएस भुक्तानी मार्फत फण्ड लोड गर्न साथै सेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टिएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् । 
भुक्तानीका लागि कनेक्ट आईपिएस चयन गरेपछि लगानीकर्ताहरु कनेक्ट आईपिएस  लगइन पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सकिने छ । 
त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले सेयर बिक्रीपश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा कनेक्ट आईपिएस  तथा एनसिएचएल– आईपिएस प्रणाली मार्फत् सिधै भुक्तानी गर्न सकिने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पुँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांश भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो सेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबार गर्दै आएको थियो ।

हाल कनेक्ट आईपिएस ई पे सिस्टममा ५० भन्दा बढि र एनसिएचएल– आईपिएस  प्रणालीमा ७६ वटा वित्तीय संस्थाहरू सदस्य भैसकेका छन् ।  कनेक्ट आईपिएस रियल टाइम रिटेल भुक्तानी प्रणाली हो, जसको कारोबार सीमा प्रतिबैंक १० लाखसम्म रहेको छ । एनसिएचएल– आईपिएस  स्वचालित क्लियरिङ्ग हाउस प्रणाली हो, जसले बल्क तथा अन्य भुक्तानी कारोबार २० करोडसम्म गर्न सकिन्छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC