site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा १६ करोड मानिस रक्सी पिउँछन्, ६ करोडमा लत
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतमा करिब १६ करोड मानिसले रक्सी पिउने र ६ करोडमा यसको लत रहेको भेटिएको छ । यतिमात्र होइन, त्यहाँ ३.१ करोडले भाङजन्य उत्पादन प्रयोग गर्दै आएका छन् । भारत सरकारले बिहीबार यसको बारेमा राज्यसभामा जानकारी दिएको हो ।

केन्द्र सरकारले देशका प्रमुख १० सहरमा रहेका विद्यालय–कलेजका विद्यार्थीहरुमाझ यस्तो आदतबारे सर्भेक्षण गरिरहेको छ । सामाजिक न्याय एवम् अधिकारिता मन्त्री थावरचन्द गहलोतले राज्यसभामा देशका विभिन्न क्षेत्रका स्कुले विद्यार्थीमा नशाको आदत बढ्दै गएकोमा ध्यानाकर्षण गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो मन्त्रालयले सन् २०१८ मा पहिलोपटक यस्तो सर्भेक्षण गराएको पनि मन्त्री गहलोतले जानकारी दिए । सर्भेक्षणको जिम्मेवारी नेसनल ड्रग डिपेन्डेन्सस सेन्टर (एनडीडीटीसी), अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) नयाँ दिल्लीलाई दिइएको थियो । देशका सबै ३६ राज्य एवम् केन्द्र शासित क्षेत्रमा गरिएको यस्तो सर्भेक्षणमा दुई लाख १११ परिवारसँग भेटेर नशालु पदार्थको उपयोगको सीमा र पद्धतिका बारेमा चार लाख ७३ हजार ५६९ जनासँग प्रश्न गरिएको थियो । 

यसका अतिरिक्त रिस्पोन्डेन्ट ड्रिभन स्याम्पलिङ (आरडीएस) सर्भेक्षण पनि गरिएको र त्यसमा १३५ जिल्लाका अवैधानिक नशालु औषधि सेवन गर्ने ७२,६४२ मानिसलाई सामेल गरिएको थियो । गहलोतका अनुसार यसरी सर्भेक्षण गर्ने क्रममा भारतमा करिब १६ करोड मानिस रक्स पिउने देखापरेका हुन् । २.२६ करोड व्यक्तिले अफिम प्रयोग गर्ने गरेको समेत उनले जानकारी दिए । 

Global Ime bank

वर्तमान समयमा भारतमा १० देखि ७५ वर्षसम्मका करिब १.१८ करोड मानिस सिडेटिभ्स (गैरचिकित्सीय) औषधि प्रयोग गर्छन् । ७७ लाखजति मानिस (५१ लाख वयस्क एव्म २६ लाख बच्चा) इनहेलेन्ट्सको प्रयोग गर्छन् । इनहेलेन्ट्स बढीमात्रामा बच्चा र वयस्कले प्रयोग गरेको पाइएको छ । भारतमा नशालु पदार्थको प्रयोगको बढ्दो स्थितिले सरकारलगायत सबैलाई चिन्तित बनाएको छ । 

(नवभारत टाइम्स) 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC