site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा मन्त्रीको संख्या ४० नाघ्न सक्ने नेताहरूले बताएका छन् ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेसवादी दल, राप्रपा, साना दल सबैलाई मिलाउँदा राज्यमन्त्री समेत बनाउनुपर्ने देखिएको न्युनतम साझा कार्यक्रम बनाउन लागिपरेका एक नेताले बताए ।
“पार्टीमा गुट पनि हेर्नुपर्ने अवस्था छ,” ती नेताले भने,“त्यसमाथि सरकारमा सहभागी हुन चाहने  दलको संख्या पनि अहिलेसम्म धेरै देखिएको छ ।”
उनका अनुसार कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेसवादी दल, राप्रपा, साना दल सबैलाई मिलाउनुपर्ने र पार्टीमा पनि गुट मिलाउनुपर्ने हुँदा मन्त्रीको संख्या ठुलो हुने देखिएको छ ।
मधेसी मोर्चामा आवद्ध राजनीतिक दल सरकारमा सहभागी हुँदा मन्त्रीको संख्या झनै ठुलो हुन सक्ने देखिएको उनले बताए ।
न्यूनतम साझा कार्यक्रम कार्यक्रम बनाउन कांग्रेसका विमलेन्द्र निधी, रमेश लेखक र रामशरण महत लागिपरेका छन् भने माओवादीका तर्फबाट कृष्ण बहादुर महरा र वर्षमान पुन लागिपरेका छन् ।
एकले अर्काको मन्त्रालयमा हस्तक्षेप नगर्ने र विवाद नहुने गरी मन्त्रालयको बाँडफाँटमा लागेको स्रोतले बतायो । 
तर कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्री छान्नै सकस भएको छ । आकांक्षी बढी भएपछि मन्त्री छान्नै सकस भएको नेताहरूले जनाएका छन् ।
माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ भने कांग्रेसमा भने गुटगत रूपमा मात्रै छलफल चलेको कांग्रेसका एक नेताले बताए ।
यसैबीच राप्रपाले नयाँ बन्ने सरकारमा सहभागी हुने बताएको छ । दुई मन्त्रालय लिएर सरकारमा जाने विषयमा छलफल चलेको राप्रपा सह–प्रवक्ता किरण गिरीले जानकारी दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC