site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेलको सहयोगमा डायलाईसिस सेन्टरको निमार्ण सम्पन्न
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा ‘डे केयर डायलाईसिस सेन्टर’को निर्माण सम्पन्न भएको छ । यसले टिचिङ हस्पिटललाई मिर्गौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने छ । 
मिर्गाैला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पु¥याउने उदेश्यले एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मेसिनहरु राख्न सकिने क्षमता छ र सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।
“यो सेन्टरको सञ्चालनले मिर्गौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राट्रिष्य नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले  भने, “यसकोे सञ्चालनबाट बिरामीहरुले लाभ लिन्छन ।”  
हाल टिचिङ हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा सञ्चालनमा रहेको तीन वटा डायलाइसिस मेसिनबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मेसिन जडान गर्ने क्रममा रहेको छ ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो  । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पूर्वाधार र  डायलाईसिस मेसिन सञ्चालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जहान गरिएको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC