site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आमाको हत्या गर्न १२ लाख दिइन् छोरीले ! चारवर्षे छोराले दिए हत्याराको सूचना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भएको छ ।  महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा सिराहा विष्णुपुर घर भइ हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई सार्वजनिक गरेको हो । आमाको हत्या योजना छोरी ईश्वरीले नै बनाएको प्रहरीले पत्रकार सम्मलेन गर्दै जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी भएको खुलेको छ । ईश्वरी विवाहित हुन् । उनका श्रीमान विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीनवर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो ।
थापाका अनुसार छोरी ईश्वरीले आमाको हत्या गर्न भारतबाट ल्याइएका ‘कन्ट्रयाक किलर’ लाई १२ लाख दिने आश्वासन दिएकी थिइन् ।

नैसादसँगको प्रेम सम्बन्धका बारेमा आमालाई जानकारी भएपछि हत्या योजना बनाइएको प्रहरी दाबी छ । आमाले कुनैपनि हालतमा नैसादसँग सम्बन्ध नराख्न आग्रह गर्दै छोरीलाई सम्झाउँदा पनि नमानेपछि ज्वाइँलाई भनिदिने चेतावनी दिएकी थिइन् ।  “छोरीकै योजनामा एक्लै हत्या गर्न नसक्ने भनेपछि भारतबाट कन्ट्रयाक किलर बोलाएर हत्या गराइएको रहेछ,” थापाले पत्रकार सम्मेलनमा भने, “नैसाद र ईश्वरीबीच अफेयर पनि रहेछ ।”

Global Ime bank

आमाले नै नैसादलाई विदेश पठाउन डेढलाख रुपैयाँ पनि दिएको खुलेको छ । तर एक्कासी डेढमहिनापछि फेरि नैसाद नेपाल आएका थिए । दुबई पुगेका नैसादसँग ईश्वरीले फोनमा नै हत्या योजना बनाएर नेपाल आएपछि आफूसँग सम्पर्क नगर्न भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
असार १५ गते बिहानै ईश्वरी घरबाट निस्किएकी थिइन् । त्यहीबेला नैसाद एकजना साथी लिएर ईश्वरीको घरमा पुगेका थिए । “किन आएको भनेर आमाले नैसादलाई नै कुचोले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,”प्रहरीले भन्यो,“त्यसपछि बाहिरिएका नैसाद केहीबेरपछि तीनजनाको समूहमा आएर हत्यामा संलग्न भएको खुलेको छ ।”

“आफूहरुको प्रेमको बाधकको रुपमा आमा रहेको र आमाले विरोध गर्नुभएको कारणले नै हत्या भएको देखिन्छ,” थापाले भने, “आमाले नै थाहा पाएपछि डेढलाख मागेर दुबई पुगेर डेढ महिनामै आएको रहेछ ।” ईश्वरीले दिदीको नाममा लिएको दुबई जानुअघि नै नैसादलाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेपछि भागेका नैसादलाई धादिङबाट पक्राउ गरिएको थियो । ईश्वरीका चारवर्षे छोराले नै हत्याराको पहिचान गराएका थिए ।

बिहान आफ्नो घरमा आएका नैसाद भएको जानकारी चारवर्षे छोराले दिएपछि अनुसन्धान त्यसतर्फ सोझिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC