site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचन अभियानलाई तीव्रता दिने भएको छ । 
पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले जनमत हिन्दू राष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चैत १० गतेबाट देशभर निर्वाचनको अभियान सञ्चालन गर्ने तयारीमा रहेका पार्टीका नेताहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै अध्यक्ष थापाले निर्वाचनमा उत्साहका साथ खटिन पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीले लिएको पछिल्ला अडान र निर्णय उत्साहजनक रहेको उल्लेख गर्दै सोही अनुसार निर्वाचन अभियानमा जुटनुपर्ने आवश्यक्ता औल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १० गतदेखि मुलुकको सबै जिल्लामा एक साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्ने योजना बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र स्थापना गर्ने पार्टीको लक्ष्यमा जनमत रहेको विश्लेषण गर्दै आएको छ । उसले अव हुने निर्वाचनमा तेस्रो शक्ति बन्ने सुनिश्चित भएको दावी समेत गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७३  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC