site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मादुरो विरोधी षडयन्त्रमा लागेको अभियोगमा पक्राउ परेका नाभी क्याप्टेनको मृत्यु, विपक्षीद्वारा छानबिनको माग
Sarbottam CementSarbottam Cement

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हत्याको षडयन्त्रमा लागेको भन्ने आरोप लागेका एक जना नाभी क्याप्टेनको मृत्यु भएको घटनालाई लिएर विपक्षी नेता जुआन गुआइडोले निन्दा गरेका छन् । गुआइडोले सो घटनाको छानबिन गर्न समेत माग गरेका छन् ।

नाभी क्याप्टेन ४९ वर्षिय राफेल अकोस्टा लगायतका ६ जना प्रहरी र सिपाहीहरुलाई गएको बुधबार पक्राउ गरिएको थियो ।  उनीहरुलाई मादुरो विरुद्धको षडयन्त्रमा लागेको भन्ने आरोपमा पक्राउ गरिएको हो ।  उनीहरुलाई देशद्रोहको अभियोग लगाइएको थियो । अकोस्टा गएको शुक्रबार अदालतमा हाजीर भएका थिए तर प्रक्रिया शुरु हुने बेलामा उनी बेहोस भएका थिए । उनलाई राजधानीको सैनिक अस्पतालमा लगिएकोमा शनिबार बिहान उनको मृत्यु भएको  भेनेजुएलाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी जनाएको छ ।  आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदा गराउँदैपनि उनको मृत्यु भएको रक्षा मन्त्रालयको वक्तव्यमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उता विपक्षी नेता गुआइडोले भने  अकोस्टाको बारेमा पाइएको एउटा भिडियोमा उनलाई  नृशंस यातना दिएको देखिएको जनाएका छन् ।

मृत्यु भएका अकोस्टाकी पत्नी वालेस्का पेरेजले कोलम्बिया टिभीसँगको कुराकानीमा आफ्ना पतिको मृत्यु यातनाबाट भएको आरोप लगाएकी छन् । भेनेजुएलाको सरकारले अकोस्टाको मृत्युको बारेमा छानबिन गर्ने जनाएको छ । अहिले भेनेजुएलामा ७०० मानिसलाई राजनीतिक कारणले थुनामा राखिएको जनाइएको छ । (बीबीसीबाट)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC