site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतकी विदेश मन्त्री सुषमा स्वराजले महाश्वेता देवीलाई श्रद्धाञ्जली दिँदै गरेकी ट्विटमाअर्कै लेखिकाको पुस्तकको नाम लेखेपछि लाजमर्नु भएको छ । 'हजार चौरासीर मा',  'रुदाली' जस्ता विख्यात कृतिकी स्रष्टा महाश्वेता देवीको ९० वर्षको उमेरमा कोलकातामा बिहीबार निधन भएको थियो । हफिङटन पोस्ट (इन्डिया)का अनुसार उनको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलगायतले श्रद्धाञ्जली दिएका थिए । विदेशमन्त्री स्वराजले पनि श्रद्ञ्जली दिँदै महाश्वेता देवीका पुस्तकहरूले आफ्नो जीवनमा प्रभावित गरेको उल्लेख गरेर ट्विट गरिन् । तर, उनले लेखेका किताबहरू भने महाश्वेता देवीका नभएर अर्की लेखिका आशापूर्णा देवीका थिए । ट्विटरमा कसैले गल्ती औंल्याएपछि स्वराजले हत्त न पत्त ट्विट मेटिन् । तर,  उनले मेटेपनि इन्टरनेटमा खोज्नेले भेट्टाई हाल्छन् त ।   
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC