site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसकारण जबजबाट पछि हटे ओली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको हप्ता राजनीतिक वृत्त निकै गर्मायो– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक कार्यदिशा (विचार) विवादले । विवादको सूत्रधार थिए पार्टी अध्यक्ष केपी ओली ।

पार्टी एकताका बेला अन्तरिम कार्यदिशाका रूपमा जनताको जनवाद अघि सारिएको थियो । दस्तावेजीकरण भइसके पनि १० महिनादेखि राजनीतिक प्रतिवेदन छापिन सकेको थिएन– दुईजना अध्यक्षको उदासीनताका कारणले ।

पार्टी एकताको अध्याय पूरा नहुँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद छाड्न नसकिने तर्क गरेपछि नेकपाभित्रको विवाद सैद्धान्तिक मतभेदका रूपमा छारस्ट हुन पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

विवाद दुई अध्यक्ष बीचमा मात्र सीमित रहेन । नेता–कार्यकर्ता तहसम्म मुखर भयो । पक्ष–विपक्षमा माहोल खडा भयो । वैचारिक विवाद पिलोझैँ बढ्दै गएर पार्टी एकता नै भड्खालोमा त पर्ने होइन भन्ने आशंकाले गर्भाधारण गर्‍यो ।

अन्ततः मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा अध्यक्ष केपी ओलीले पार्टीको राजनीतिक कार्यदिशा जनताको जनवाद (जज) नै पार्टीको कार्यदिशा हो भनेपछि यो विषय तत्कालका लागि किनारा लागेको छ । र, दुवै अध्यक्ष वैचारिक विमर्शमा एक ठाउँमा उभिएका छन् । दुवैनेताको मतैक्य छ ।

Global Ime bank

जबजको ‘ब्याक फायर’

२०७४ जेठ ३ गते पार्टी एकता भएयता नेकपा अनेक खाले समस्या र उल्झनबाट उम्कन सकेको छैन । तीन महिनामा सकिसक्ने उद्घोष गरेको पार्टी एकताको काम एक वर्षमा पनि टुंगिएन ।

पार्टीका नेता–कार्यकर्ता बीचमा संवादहीनताको स्थिति बन्यो, स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकविहीनताको अवस्थाबाट गुज्रिए । अद्यपर्यन्त बैठक हुन सकेको छैन । एकता नटुंगिदा पार्टीभित्रका अन्तरकलह, विद्वेष अनेक रूप र भावभंगिमामा प्रकट हुन थाले । असर पार्टीको आन्तरिक जीवनमा त पर्ने नै भयो । सरकारको प्रस्तुति, सेवा–प्रवाहमा पनि पर्‍यो । सरकार एकपछि अर्को बदनामीको शिकार भयो ।

एक किसिमले भन्ने हो भने नेकपा भनेकै दुई अध्यक्षजस्तो बुझियो । दुई अध्यक्षबीच संवाद हुँदा पार्टीले गति लिएजस्तो हुने । दुई अध्यक्षबीच खटपट हुँदा त्यसको असर सिङ्गो पार्टीमा पर्ने । पार्टी संरचना कुँजिने । यो नियतिबाट एक वर्षसम्म नेकपाले पार पाउन सकेन ।

दुई पार्टी एक भएको वर्षदिनपछि नेकपा नयाँ खालको झमेलामा फस्यो । अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएको पाँच बुँदे सहमतिको खुलासा गरेर आफ्नो असन्तुष्टि पोखे ।

अर्का अध्यक्ष केपी ओलीको असन्तुष्टि (रिस) पोख्ने माध्यम पार्टीको विचार, नीति, सिद्धान्त बन्यो ।

नेकपाका नेताका अनुसार प्रचण्डलाई चिढ्याउने उपक्रममा केपी ओली नै लागे ।“कहिले कुन नेतालाई बोलाएर ‘पूर्वमाओवादीले प्राप्त गरेको मत ११ प्रतिशत हो, हामीले ३० प्रतिशत मत ल्याएका छौँ । ११ प्रतिशत मत ल्याउनेलाई सत्ता बुझाउन सकिँदैन’ भनेको छ, कहिले के तर्क गरेको छ, यसबाट प्रचण्ड सशंकित भए र उनले समयअगावै आलोपालो सहमतिको कुरा निकाले,” नेकपाका एक नेता भन्छन् ।

सम्झौताअनुसार केपी ओली सत्ता हस्तान्तरण गर्न तयार नहुने हो कि भन्ने भयले गाँजेपछि अध्यक्ष प्रचण्डले १५ महिनापछि केपी ओली सत्ता छाड्न तयार हुनुपर्ने प्रसंग निकालेका थिए । त्यो आकस्मिक नभई नियोजित थियो ।

तर, त्यसबाट पूर्वएमाले वृत्त सशंकित भयो, विशेषगरी संस्थापन समूह । त्यसैको काउन्टरमा केपी ओलीले वैचारिक ध्रुवीकरण निम्त्याउन चाहेका थिए । त्यो झनै प्रत्युत्पादक सावित भयो ।

वैचारिक मतभेदका बाछिटा

केपी ओलीले गएको शुक्रबार अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने बताए । त्यसबाट चिढिएका प्रचण्ड करिब एकघण्टा बालुवाटार बिताएर खुमलटार फर्किए । चिसो मन लिएर फर्किएका प्रचण्डले बाटैबाट आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई फोन गरे र खुमलटार भेला हुन आग्रह गरे ।

खुमलटार भेलामा सहभागीमध्ये एक स्थायी कमिटी सदस्य भन्छन्, “भेटमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने तर्क दृढतापूर्वक राखेका थिए । त्यसले प्रचण्डलाई सशंकित तुल्याएको थियो । अध्यक्ष ओलीले पूर्वमाओवादी केन्द्रलाई सांगठनिकरूपमा मात्र होइन– वैचारिक, राजनीतिक रूपमै किनाराकृत गर्न खोजेको प्रचण्डको बुझाइ थियो ।”

केपी ओलीको वैचारिक प्रस्तावले पूर्वमाओवादी केन्द्र एकट्ठा भए । छिरल्लिइसकेको पूर्वमाओवादी केन्द्रको वैचारिक ध्रुवलाई एक ठाउँमा ल्याइदियो ।  

अध्यक्ष ओलीले सोही दिन (शुक्रबार) साँझ पाँच बजे राजनीतिक प्रतिवेदनका मस्यौदाकार माधव नेपाललाई पनि बालुवाटार बोलाए र जबज छाड्न नसकिने तर्क गरे ।

मदन भण्डारीको अवसानपछि कार्यक्रमको रूपमामात्रै अघि सारिएको जबजलाई राजनीतिक कार्यदिशा हुँदै सिद्धान्तको रूपमा अघि सार्ने काम माधव नेपालकै नेतृत्वमा भएको थियो । विशेष गरेर छैटौँ र सातौँ महाधिवेशनमार्फत् । जबजलाई यो रूपमा विकास गराएको श्रेय पनि नेता नेपाललाई नै जान्छ ।

नेपाल पनि जबजकै पक्षमा उभिने र अरू पूर्वएमालेभित्रका वैचारिक घटक पनि जबजबाट टाढा जान नसक्ने ओलीको अनुमान थियो । 

तर, केपी ओलीको अनुमानले फेल खायो ।  

जनताको जनवादका मस्यौदाकार माधव नेपाल नै थिए । जनताको जनवादको अपनत्व माधव नेपालले नै लिनुपर्थ्यो । आफ्नै नेतृत्वको कार्यदलले अन्तरिम कार्यदिशाका रूपमा जनवाद अघि सारेकाले अन्तरिम विचारको जन्मदाता नेपाल नै थिए । 

जनताको जनवादलाई राजनीतिक कार्यक्रमको रूप नदिई जबज अङ्गिकार गर्दा पार्टी एकताप्रति धोका ठहरिने हुँदा उनले तत्कालै प्रतिवाद गरे, “राजनीतिक प्रतिवेदन उहिल्यै छापिनुपर्थ्यो । अहिलेसम्म छापिएन, दुईजना अध्यक्षको अयोग्यताका कारणले । अहिले आएर जबजको कुरा उठाउँदा पार्टी एकता नै संकटमा पर्छ । फेरि जतिबेला मन लाग्यो त्यतिबेला विचारको बहस गर्न मिल्दैन ।”

नेपाल आफ्नो तर्कमा उभिएपछि भोलिपल्ट शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओली पछि हटे । त्यसदिन उनले राजनीतिक प्रतिवेदन केही दिनमा प्रकाशन गर्ने बताउँदै युरोप भ्रमणको बिफ्रिङ गरेर बैठक टुंग्याएका थिए ।

शनिबार (हिजो) अध्यक्ष केपी ओलीले महाधिवेशनसम्मका लागि पार्टीको राजनीतिक कार्यदिशा जनताको जनवाद नै रहेको बताएपछि वैचारिक मतभेद तत्कालका लागि साम्य भएको छ । यद्यपि उनले जनताको जनवादमा जबजकै १४ विशेषता सन्निहित रहेको बताउँदै आफ्नो अनुहार पनि जोगाएका छन् ।

यसले नेकपाको कार्यदिशा विवाद तत्काल थान्को लगाइए पनि निकट भविष्यमै बल्झने खतरा भने टड्कारै छ । यसकारण कि, अध्यक्ष ओलीले समाजवादसम्म पुग्ने बाटो जबजले नै खनिसकेको तर्क मदन भण्डारीको जन्मजयन्तीकै कार्यक्रममा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC