site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्रातृ संस्थाको टुंगो लगाउन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको भ्रातृ संस्था नेविसंघ लगायत सबै संगठन तथा संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिने गरी यही असार २२ गते आइतबारका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा बैठक केन्द्रित हुने उनको भनाइ छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढन पार्टी नेतृत्वलाई दबाब दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउने भएको हो । प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनुअघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको पनि स्पष्ट पारे । 

प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताए । यता, केन्द्रीय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएको दावी गर्दै उनीहरुको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दबाब दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC