site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लेदो खसेर अवरुद्ध  पृथ्वी राजमार्ग खुल्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि अवरुद्ध  भएको पृथ्वी राजमार्ग केहीबेरअघिदेखि खुलेको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको थियो । 
लेदोमा केही सवारीसाधन समेत फसेका थिए ।

सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए ।
प्रहरीले दिएको जानकारीअनुसार अवरुद्ध सडक सुचारू भएको छ । तर दुवैतर्फ सवारी साधनको चापले जाम भने कायमै छ । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC