site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वडाध्यक्षहरुले नै च्याते पोखरा महानगरको ‘रेडबुक’
Ghorahi CementGhorahi Cement

पोखरा । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको रेडबुक कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले च्यातेका छन् । महानगरले मंगलबार ७ अर्ब ५४ लाख रुपैयाँको बजेट आगामी वर्षको लागि ल्याएको थियो ।     

बजेट ल्याएको भोलिपल्टै बुधबार मेयरले बजेट पारितको लागि प्रस्ताव गरे । तर, समानुपातिक रुपमा बजेट विनियोजन नभएको भन्दै कांग्रेसी वडाध्यक्षहरुले असहमति जनाउँदै विरोध गरे । वडाको बजेट असमान भएको हुँदा त्यसलाई सच्याउनुपर्ने माग उनीहरुको थियो । त्यसपछि मेयरले जवाफ फर्काए, ‘योजना लिन त मै कहाँ आउनुपर्ला नि ।’

मेयरको जवाफपछि विरोधमा उत्रेका कांग्रेसी वडाध्यक्षहरुले रेडबुक नै च्यातेर मेयरतर्फ फालिदिए । मेयरले उक्त शब्द फिर्ता लिनुपर्ने माग सहित उनीहरुले बिहीबार महानगरमा तालाबन्दी गर्ने बताएका छन् ।

Agni Group

वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले भने, “सबै योजनाहरु केन्द्रिकृत गरिएको र कांग्रेसले जितेका वडाहरुमा कम बजेट विनियोजन गरिएको छ ।” रातो किताब नभई सभा चल्न दिन्नौँ भन्दै विरोधमा उत्रिएका कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको माग अनुसार बुधबार करिब ३ बजेतिरमात्र रातो किताब वडाध्यक्षहरुको हातमा परेको थियो ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको उनले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।’

Global Ime bank

रातो किताब आएको एक घण्टापछि बसेको बैठकमा विपक्षी दलका नेतालाई बोल्न दिने सहमति भए पनि सो समेत तोडिएको र बहुमतको आडमा पेलेर अगाडि जान खोजिएपछि बाध्य भएर आफूहरुले नाराबाजी गरेको पनि उनले जिकिर गरे ।

पहिले रेडबुक अध्ययन गर्न माग्दा मेयर मानबहादुर जिसीले ‘आउँछ, आउँछ’ भनेर टारेको तर पछि ३ बजे रेडबुक बाँडेर समय नै नदिई जबर्जस्ती पारित गरिएको लामिछानेले आरोप लगाए । 

“रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपर्थ्यो” उनले भने, “पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर साबले एक्कासी पारित गर्ने भनेर भन्नुभो ।”

योजना छनोट र बजेट विनियोजन गर्दा समानुपातिक बाँडफाँड नभएकोमा नेकपाका वडाध्यक्षहरु पनि असन्तुष्ट रहेको बताउँदै उनले चुनावकै कुरा सम्झेर बजेट आउनु दुखद भएको बताए । 

“जनताले तिरेको करबाट नै योजनाहरुलाई पैसा दिने हो, बजेट मेयरले गोजीबाट झिकेर दिने होइन”, उनले भने, “कुरै गर्ने हो भने महानगरको करिब ७५ प्रतिशत राजश्व कांग्रेसी वडाध्यक्ष रहेको ठाउँबाट उठ्छ ।” 

“कुनै वडामा अत्यधिक धेरै छ । कुनै वडामा अत्यन्तै न्यून छ, विषयगत रुपमा बजेट ल्याउँछौं भनेर भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ । वडा नं. १६, १७, २४, १९ लगायतका वडामा अत्याधिक बजेट परेको छ,” उनले भने । यस विषयमा बुझ्न खोज्दा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको फोन भने उठे ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC