site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये अधिकांश ताल सुकेका छन् । बाँकी रहेका तालमा समेत पानीको सतह घटेको छ । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा रहेका १९ तालमध्ये टेडी र पर्सिनिया ताल पूर्णरुपमा सुकेका छन् । त्यस्तै अन्य ११ वटा तालमा पानीको सतह निकै कम छ भने बाँकी ताल आफ्नै आकारमा छन् ।

विभिन्न मानवीय गतिविधि प्राकृतिक ताल सुक्नुका कारण रहेको भएता पनि प्रमुख कारण भने चुरेमा रहेका पानीका मुहान सुक्नु नै भएको लामो समयदेखि संरक्षणका क्षेत्रमा काम गर्दै आएका हिरुलाल डङ्गौराले बताए । उनले भने, “स्थानीय तहले प्राकृतिक तालतलैयालाई समेत ठेक्कामा दिँदा अझै बढी समस्या देखिएको छ । जस्ले गर्दा जलीय जैविकता नष्ट हुने खतरा बढी हुन्छ, जलचर प्राणीको वासस्थानमा समस्या आउँछ, आहाराको अभाव हुनुका साथै वासस्थान परिवर्तन हुने खतरा बढी हुन्छ । यसले गर्दा सिमसार क्षेत्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सिमसार क्षेत्रमा संरक्षित ताललाई ठेक्कामा लगाउन नपाइने भएता पनि सिमसार संरक्षित क्षेत्रको मर्म र अवधारणा विपरीत स्थानीय निकायले नै प्राकृतिक ताल माछापालनका लागि ठेक्कामा दिनु दुःखद् भएको संरक्षणकर्मी दीपेन्द्र शाही बताउनुहुन्छ । उनी भन्‍छन्, “यसले प्राकृतिक तालको दोहन भई सिमसार क्षेत्र नै समाप्त हुने खतरा बढेको छ ।” “तालहरु नगरपालिकाले ठेक्कामा दिए पनि स्पष्ट मापदण्ड बनाएर दिनुपर्ने हो तर त्यसो भएको छैन”, शाहीले भने । केही पैसाको लोभले स्थानीय सरकारले सिमसार क्षेत्र नै सङ्कटमा पर्ने गरी ताल ठेक्कामा दिनु नै गलत भएको उनको भनाइ छ । 

पर्यटन व्यवसायी डवल शाहका अनुसार उचित मापदण्ड बनाउन सके सिमसार क्षेत्रका तालतलैयालाई ठेक्कामा दिँदा समस्या छैन । उनी भन्‍छन्, “सिमसार भन्ने बित्तिकै प्रयोग नै गर्न नमिल्ने हैन तर स्पष्ट नीति बनाउनु पर्‍यो ।” मानिस माछा मार्दा पूर्णरुपमा पानी सुकाउन थाले त्यहाँ गएर समस्या भयो भन्‍छन्, अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठ । 

Global Ime bank

उनी भन्‍छन्, “अब प्राकृतिकरुपमा रहने धेरै कुरा सकिए । स्थानीय तहले तालतलैया ठेक्कामा दिएपछि ठेकेदारले जसरी पनि आफ्नो रकम अशुल गर्नलाई तालको जैविक विविधता ध्वस्त हुने गरी ताल पूर्णरुपमा सुकाउने क्रम बढेका कारण आज यो समस्या आएको छ ।” उनका अनुसार चुरेको फेदीमा हुने अवैज्ञानिक ढुङ्गा गिट्टी निकासी तथा वन डढेलो र चुरेको पानीको मुहान सुक्नु पनि प्रमुख कारण हुन् । 

यता घोडाघोडी नगरपालिकाले गठन गरेको बृहत् घोडाघोडी पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले मापदण्ड नबनाई ताल ठेक्कामा दिँदा समस्या भएको र अब त्यो कुरालाई सच्याएर अघि बढ्ने बताए । नगरपालिकाले सिमसार क्षेत्रमा रहेका तालसहित अन्य ताल माछापालनका लागि ठेक्कामा दिँदै आएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC