site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छात्राका लागि आत्मसुरक्षा तालिम
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ ।
 
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ । तालीमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालीमको आयोजना गर्न लागिएको जानकारी दिए । 

कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालीम सञ्चालन गरिएको स्पष्ट पारे ।

समाजिक विकास मन्त्रालयले रु एक करोड खर्च गरेर विद्यालयमा तालीमको आयोजना गर्न लागेको समाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए । उनले तालीमपछि छात्रामा आत्मबलको विकास हुने विश्वास व्यक्त गरे । 
 
लैङ्गिक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँदै मन्त्री साहले छात्राको मनोबल बढाउनका लागि आत्मरक्षा तालीमअन्तर्गत कराते तथा शारीरिक कसरतजस्ता सामान्य परीक्षण दिइने बताए ।
 
सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यका लागि खेलकूद, राष्ट्र निर्माणका लागि खेलकूद” भन्ने मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालीममा प्रदेश नं २ मातहतका ६४ सामुदायिक विद्यालयका छ हजार ४०० विद्यार्थी सहभागी छन् । सहभागीलाई प्रदेश नं २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले आत्मरक्षा तालीम दिइरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC