site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए
Ghorahi CementGhorahi Cement

एजेन्सी । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतंककारी आक्रमणमा मृत्यु भएको छ ।

अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।

अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ 

Agni Group

हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिँदै आएका थिए ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ । सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

Global Ime bank

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गरेको अफगानिस्तान भ्रमणको क्रममा अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताएका छन् ।

अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको यस ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्ताको टेबलमा ल्याउने कोशिसले गरेको थियो । अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र  अमेरिकाबीच शान्ति वार्ता दोहामा आगामी जुन २९ बाट शुरु हुने समय तालिका तय गरिएको छ ।  

आतंकवादको अन्त्य, विदेश सैनिकको उपस्थिति, अफगानिस्तानमा आन्तरिक वार्ता र स्थाई युद्धविराम चार ओटा मुद्दामा यो वार्ता केन्द्रित रहने बताइएको छ । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरुले अफगान सहकर्मीहरुलाई तालिम र सरसल्लाह दिने गरेका बताइन्छ । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए । 

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन् ।
 
सन् २००१ मा अफगानिस्तानमा तालिबानहरु सत्ताबाट अपदस्थ भएपछि शुरु भएको अफगान युद्धमा अमेरिकी सैनिकको सहभागीता भएयता करिब २ हजार ३०० अमेरिकी सैनिकको मृत्यु हुनुको साथै २० हजार ४०० घाइते भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC