site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नाइट बस सञ्चालनको निर्णयबाट पछि हटेको विभाग भन्छ - थप अध्ययन आवश्यक देखियो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । असार १ गतेबाट उपत्यकामा सञ्चालनमा हुने भनिएको रात्रिकालीन बस सेवा सञ्चालनमा आउन सकेको छैनन् । आन्तरिक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले रात्रिकालीन सब सेवा सञ्चालन गर्न नसकिने बताएको छ । 

हाल उपत्यकामा राति ८ बजेदेखि सार्वजनिक सवारी साधन नचल्नाले यात्रुलाई हुने समस्या समाधानका लागि विभागले असार १ बाट रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यात्रुको संख्या उल्लेख्य नहुने, सुरक्षा चुनौती, ट्राफिक नियम कार्यान्वयन र भाडा शुल्कबारे पर्याप्त तयारी नपुगेको भन्दै विभागले तत्कालका लागि उक्त योजना लागु नगर्ने बताएको छ । 

“उपत्यकामा रात्रिकालीन बस चलाउने तयारी करिब पूरा भइसकेको थियो । तर थप अध्ययन नगरी बस चलाउन नसकिएको हो,” विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले बाह्रखरीसँग भने ।

Global Ime bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभागले सञ्चालन गर्ने भनेको रात्रिकालीन बस राति ९ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनसक्ने बताउँदै आएको थियो । विभागले भने यात्रुको संख्यालाई हेरेर बिहान ५ बजेसम्म नै सार्वजनिक बस सेवा सञ्चालन गर्न सकिने बताएको थियो ।

“विभागले ल्याएको यो योजना के कारणले कार्यान्वयन नगरिएको हो, यसबारे हामीलाई जानकारी भएन । रात्रिबस सञ्चालनको योजना राम्रै थियो तर पछिल्लो समय आएर के समस्या देखिएको हो यसबारे हामीलाई जानकारी छैन,” महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC