site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विश्वभरका भारतीय नेपाल आउँदा भिसा नचाहिने, तर नेपाली तेस्रो देशबाट भारत जाँदा भिसा चाहिने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । छिमेकी भारतले नेपालीलाई आफ्नो देशमा प्रवेश गर्दा भिसा चाहिने कि नचाहिने भन्ने कुराको निर्क्योल आफूलाई मनपर्ने स्थानबाट आएको हो कि होइन भन्ने हिसाबले तय गरेको देखेर नेपाली अधिकारीहरु आश्चर्यचकित भएका छन् । उसले पछिल्लो पटक बनाएको नीतिमा आफ्नो मन पर्ने वा सम्बन्ध राम्रो भएको देशबाट आउने नेपालीलाई भने भिसा नलाग्ने र मन नपर्ने अर्थात् सम्बन्ध नराम्रो भएको देशबाट आएकाहरुलाई मात्रै भिसा लाग्ने व्यवस्था गरेको पाइएकोले नेपाली अधिकारीहरु आश्चर्यचकित भएका हुन् । 

जबकि नेपालले भने विश्वको जुनसुकै मुलुकबाट आएका भारतीयलाई भिसा नलाग्ने व्यवस्था गरेको छ ।  यसरी नेपालीलाई भिसा लाग्ने व्यवस्था भारतले गरेको सन्दर्भमा औपचारिक रुपमा नेपालले केही भनिसकेको भने छैन । ‘‘उहाँहरुले आफ्नो कुनै संवेदनशीलता हेरेर यसो गर्नु भएको होला । तर, नेपालीलाई भिसा लगाउने भन्ने कुरा उहाँहरुको नमिल्ने नीति नै हो,’’ एक अधिकारी भन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारत सरकारले दिएको जानकारीअनुसार भन्दै यही असार ६ गते नेपालको नयाँ दिल्लीस्थित दूतावासले सूचना जारी गरेर चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकहरुका लागि भारतको भिसा आवश्यक पर्ने भएकोले सोही बमोजिम गर्नुहुन जानकारी गराइन्छ भन्दै सूचना जारी गरेको थियो । 
एक सरकारी उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘हामीले संसारका जुनसुकै मुलुकबाट नेपाल आउने भारतीयलाई भिसाको व्यवस्था गरेका छैनौं । तर, भारतले यसो गर्नु राम्रो भएन । यो आपत्तिजनक छ ।’’

रमाइलो कुरा त के छ भने माल्दिभ्ससँग भारतको सम्बन्ध पछिल्लो समय सुधार भएपछि त्यहाँबाट भारत जाने नेपालीलाई भने भिसा नचाहिने भएको छ । नेपालीलाई गर्ने व्यवहार गर्नुको साटो कुन देशबाट आउनेलाई कस्तो व्यवहार गर्ने भन्ने खालको नीति भारतले बनाएको पाइएको छ । 

Global Ime bank

भारतले चार वर्षअघि नै एयरलाइन्सहरुलाई चीनबाट  भारत आउन चाहने नेपालीले भारतको भिसा लगाएको अवस्थामा मात्रै ल्याउनु भनेर सूचीत गरेको थियो । त्यो सूचीमा केहीपछि पकिस्तान र माल्दिभ्स पनि थपेर त्यहाँबाट आउने नेपालीलाई पनि भारतको भिसा लगाएको अवस्थामा मात्रै ल्याउनु भनिएको थियो । तर, अहिले सो सूचीबाट माल्दिभ्सको नाम भने  हटाइएको छ । यसको मतलब माल्दिभ्सबाट भारत आउने नेपालीलाई भने अब भिसा चाहिने छैन । 

यसबारेमा परराष्ट्र सचिव शंकर बैरागीलाई बाह्रखरीले जिज्ञासा राख्दा उनको भनाइ थियो,‘‘हामीलाई यो कुराको ‘नोटिस’ भएको छ  । हामी उपयुक्त समयमा यो बारेमा कुरा उठाउनेछौं । ’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC