site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ग्रीन हाउसमा सर्‍यो उपराष्ट्रपतिको कार्यालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।

उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ । मन्त्रिपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । 

उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC