site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शम्भु राई र प्रकाश सपूतबीच सहमति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘गलबन्दी’ बोलको लोकगीतलाई लिएर केही समयदेखि विवाद गरिरहेका गायहरु शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा छलफल गरेर आज उनीहरुले विवाद टुंग्याउने सहमति गरेका हुन् । कार्यालयले सोमबार उनीहरुलाई मिल्नको लागि तीन दिनको समय दिएको थियो । राई र सपूतबीच ‘गलबन्दी’ गीतमा क्रिएसन शम्भु राई, रिक्रिएसन बाइ प्रकाश सपूत राख्ने सहमति भएको बताइएको छ । प्रकाशले राईलाई सम्मान गर्ने र उनकै गीत सुनेर प्रभावित भएको बताएका छन् भने शम्भु राईले पनि चित्त बुझाएका छन् । 

दुुई जनाबीच आर्थिक वा अन्य कुनै पनि प्रकारको लेनदेन नभएको प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका रजिष्टार प्रकाश आचार्यले जानकारी दिए । सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको भन्दै राईले कपिराइटमा मुद्दा दर्ता गरेपछि रजिष्टारको कार्यालयले छलफलका लागि बोलाएको थियो । 

‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC