site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कफी पिउनुुस्, तौल घटाउनुुस्
Sarbottam CementSarbottam Cement

लण्डन । तपाईं कफीको शौखिन हुनुहुन्छ भने, तपाईंका निम्ति यो सुखद खबर हुन सक्छ । हालै एउटा नयाँ अध्ययन गरियो, त्यसले के निष्कर्ष दियो भने– हरेक दिन एक कप कफी पिउँदा शरीरको फ्याटसँग लड्ने तत्व उत्तेजित हुन्छ । उक्त ‘डिफेन्स’ले मोटोपनाका साथै डायबिटिजसँग लड्नसमेत मद्दत गर्छ, साइन्टिफिक रिपोर्ट्स नाम दिइएको अध्ययनले बताएको छ । 

क्यालोरी बर्न गर्दै इनर्जी उत्पादन गर्दै

Prabhu Bank
Agni Group
NIC Asia

मानव शरीरको एउटा अहम् हिस्सा हो, ब्राउन फ्याट फङ्क्सन । यसले तीव्र गतिमा क्यालोरी कम गरेर इनर्जीमा बदलिदिन मद्दत गर्छ । र, कफीमा यस्तो कम्पोनेन्ट पाइन्छ, जसको ब्राउन फ्याट फङ्क्सनमा सीधा असर पर्छ । मानव शरीरमा दुईखाले फ्याट पाइन्छ । एक, ब्राउन एडिपोज टिस्यु (बीएटी), जसलाई ब्राउन फ्याट पनि भनिन्छ । यसको मुख्य काम शरीरमा ताप उत्पन्न गर्ने हो, जसले क्यालोरीलाई ‘बर्न’ गरिदिन्छ । जसको शरीरमा बीएमआई (बडी मास इन्डेक्स) कम हुन्छ, उसमा ब्राउन फ्याट अधिक हुन्छ । 

युनिभर्सिटी अफ नटिङ्घमका प्राध्यापक तथा यो अध्ययनका निर्देशक माइकल साइमन्ड्स भन्छन्, ‘‘ब्राउन फ्याट शरीरमा फरक किसिमको काम गर्छ र ताप पैदा गरेर सुगर तथा फ्याट बर्न गर्न मद्दत गर्छ । जब यो ब्राउन फ्याटको क्रियाकलाप बढ्न जान्छ तब यसले शरीरको ब्लड सुगरको तह पनि राम्रो हुन पुग्छ । साथै, अतिरिक्त क्यालोरी पनि बर्न हुन्छ, जसले मानव तौल घटाउन मद्दत पुग्छ ।’’  

Global Ime bank

यसकारण पनि दैनिक एक कप कफीले ब्राउन फ्याट फङ्क्सनमा सीधा असर गर्ने उनको भनाइ छ । पछिल्लो समय मोटोपनाको सिकार बन्ने क्रम बढ्दो छ । यसकै कारण डायबिटिजको समस्या पनि तीव्र हुन पुगेको छ । 

साइमन्ड्स भन्छन्, ‘‘कफीमा पाइने क्याफिन एउटा यस्तो इन्ग्रेडियन्ट हो, जसले ब्राउन फ्याटलाई उत्तेजित पारिदिन्छ र त्यसलाई सक्रिय पार्न स्टिम्युलसको काम पनि गरिदिन्छ । यसकारण यो कम्पोनेन्टको प्रयोगबाट तौल घटाउन र ग्लुकोज रेग्युलेसनमा पनि मद्दत पुग्छ ।’’  

(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC