site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लोकसेवा विज्ञापनबारे दिएको निर्णयविरुद्ध राज्य व्यवस्था समितिलाई मुद्दा परेकोबारे थाहा दिनूः सर्वोच्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले संसदको राज्य व्यवस्था समितिलाई विपक्षी बनाएर मुद्दा दायर भएकोबारे जानकारी दिन भनेको छ । लोकसेवा आयोगले विज्ञापन खुृलाएपछि त्यसविरुद्ध दायर रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जसकाविरुद्ध मुद्दा परेको उसैलाई जानकारी नभएको पाइएपछि जानकारी दिन भनेको हो । लोकसेवा आयोगले खुलाएको विज्ञापनसँग सम्बन्धित सबै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने क्रममा एउटा मुद्दामा समितिलाई विपक्षी बनाइएको थियो । तर, आफ्ना विरुद्ध मुद्दा दायर भएकोबारे राज्यव्यवस्था समिति बेखर थियो । 

बुधबार न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले मुद्दा परेकोबारे राज्यव्यवस्था समितिलाई जानकारी गराउन भन्दै सो मुद्दामा अरु कुनै आदेश नगरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । संवैधानिक आयोगलाई संसदीय समितिले त्यस्तो निर्देशन निर्णय कानूनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट परेको थियो । रिटमा समितिको निर्णय कर्मचारी समायोजन ऐन २०७५ विपरीत भएको जिकिर गरिएको छ । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा ‘प्रदेश वा स्थानीय तहको सेवाको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्ने छ तर प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा अनुरोध गरी पठाउनुपर्ने छ’  भन्ने उल्लेख छ ।

सरकारले लोकसेवा आयोगमार्फत् स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि गत जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।
अधिवक्ता राजाराम घिमिरेले  संघीय व्यवस्थापिका प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC