site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हार्न नडराए राम्रा चलचित्र बनाउन सकिन्छ
Ghorahi CementGhorahi Cement

नेपाली कथानक चलचित्र ‘आप्पा’ यही असार १३ गतेबाट प्रदर्शनमा आउँदैछ । अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र नेपालसहित भारतका दुई दर्जनभन्दा धेरै हलमा प्रर्दशन हुँँदैछ । बुवा र छोराको कथामा आधारित चलचित्र ‘आप्पा’ आर्ट मुभी र कमर्सियल मुभीको फ्युजन रहेको लेखक तथा निर्देशक गुरुङ बताउँदै आएका छन् । मलामी जाँदा देखेको घटनाबाट जन्मिएको चलचित्रको कथा भन्न उनले दयाहाङ राई र सिद्धान्त राज तामाङलाई लिएका छन् । उनै गुरुङसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः    

चलचित्र आप्पाको ट्रेलर हेर्दा आम चलचित्रका कथाभन्दा केही फरक कथा उठान गरेको देखिन्छ, कस्तो कथामा चलचित्र बनाउनु भएको छ ? 

यो चलचित्र पारिवारिक रमाइलो चलचित्र हो । हिन्दीमा एउटा भनाइ छ, “ड्रामा हे, इमोशन हे, सव कुछ हे” । त्यस्तै हो यो चलचित्र पनि । बुवा र छोराको सम्बन्धमा आधारित तर जीवनका सबै अनुभव समेटिएको चलचित्र हो । 

Agni Group

नेपाली भाषामा बनेको नेपाल र भारतका दर्शकलाई देखाउन बनेको चलचित्र हो । यद्यपि यी दुई बाहेकका देशका दर्शकले पनि चलचित्र हेरेर रमाइलो भने लिन सक्नु हुनेछ । 

व्यावसायिक हिसाबले जस्ता कथा रुचाइएको छ अहिलेको बजारमा, त्योभन्दा फरक विषय र प्रस्तुति लिएर आउनुभएको छ, बजारले पत्याउला ?

Global Ime bank

ठ्याक्कै त मलाई पनि थाहा छैन । तर कोशिस गरेका छौं । हलसम्म लैजाने जिम्मा हाम्रो हो । त्यसपछि त दर्शकको हातमा छ । मेरो विचारमा जुनसुकै जानराको चलचित्र पनि राम्रो छ भने दर्शकले हेर्नुहुन्छ । यो जानराको चलचित्र भनेर कोही दर्शक पनि जानुहुन्छ जस्तो लाग्दैन । राम्रो छ कि भनेर मात्रै जाने हो । रिस्क छ, तर पनि हामीले काम गरेका छौं । आजसम्म जस्तो रेस्पोन्स पाएका छौं, त्यसले हामीलाई उत्साही बनाएको छ । 

प्रस्तुतिका हिसाबले करिबकरिब यस्तै केही चलचित्र बनिसकेका छन् । एकाधबाहेकले सफलता पाउन सकेनन् । यो रिस्क उठाउन पक्कै पनि आत्मविश्वास त चाहिन्छ । केले आत्मविश्वास दियो ?

कथा नै हो । कथामा विश्वास छैन भने साहरुख खान लिएर आए पनि चल्दैन । दयाहाङ राईको मार्केट भ्यालूमा विश्वास गरेर चलचित्र बनाएको हैन । कथामा चित्त नबुझेसम्म म काम गर्दिन । हामीलाई आँट दिएको कथाले नै हो । 

नेपालमा अहिले आर्ट र कमर्सियल भनेर दुई धारमा चलचित्रलाई विभाजन गरेर हेर्ने गरिएको छ । तपाईंले रिलिज गर्न लागेको चलचित्रलाई आर्ट मुभीको क्याटागोरीमा राखिन्छ । जसले बक्स अफिसमा कमै मात्रै सफलता हात पारेका छन् नि !

यो आर्ट मुभी हैन । मैले पहिलादेखि नै यो कुरा क्लियर गर्न खोजिरहेको छु । आर्ट मुभी भन्नेबित्तिकै हामीले बुझ्ने विस्तारै कथा अगाडि बढ्ने, बुझ्न गाह्रो हुने, विम्व र प्रतीकको प्रयोग गरिएको भन्ने छ । तर मेरो चलचित्र त्यस्तो हुँदै होइन । मसालेदार चलचित्र त हामीले हेरिरहेका छौं । आप्पा आर्ट मुभी र कमर्सियल मुभीको पर्फेक्ट फ्युजन हो जस्तो लाग्छ । 

चलचित्र ‘आप्पा’को विषय कसरी जन्मियो ?

मेरो आमाको साथीको बुवा बित्नुभएको थियो । म पनि मलामी गएको थिएँ । कालिम्पोङमा चार वर्ष अगाडिको कुरा हो । ठूलठूला अंकल आन्टी रोएको देखेँ । पहिलोपटक पनि होइन त्यसरी मान्छे मर्दा आफन्त रोएको देखेको तर त्यसदिन मनमा प्रश्न उठ्यो कुनैदिन मैले मेरो बुवा गुमाएँ भने के हुन्छ ? जब त्यो सोच आयो, त्यसको उत्तर पाउन मलाई बहुत गाह्रो भयो । मैले सोच्दै जाँदा मेरो बुवाले मेरा लागि कति गर्नु भएको छ, त्यसको मूल्य चुकाउनै सकिँदैन । मैले बुवालाई मेरा लागि कति धेरै गर्नु भएको रहेछ, यसका लागि धेरैधेरै धन्यवाद भनेर भन्ने निर्णय गरेँ । तर सक्तैसकिन । किन सकिन ? यहीँबाट मेरो चलचित्रको कथाको बिऊ रोपियो । 

दयाहाङ राईसँग नयाँ व्यक्तिलाई स्क्रिन सेयर गराउनु भएको छ, जसलाई आम दर्शकले चिन्दैनन् । परिपक्व कलाकारसँग ‘र’ व्यक्तिलाई किन भिडाइदिनुभयो ? 

मैले यसमा आफैँले आफैँलाई झुक्याएँ । अभिनयमा परिपक्व कलाकार मात्रै छन् भन्ने सोचेँ । मैले प्रेसर नै लिइन । अहिले पनि मैले मेरो चलचित्र रिलिज हुँदैछ, यति पैसा मैले उठाउनुपर्छ भनेर सोच्दै सोचेको छैन । मात्रै कथा भन्नुपर्छ भन्ने मात्रै दिमागमा राखेँ । रियल लाइफमा हरेक व्यक्ति एक्टर हो । पलपलमा हामी एक्टिङ गरिरहेका हुन्छौं । मैले त्यसका लागि वातावरण बनाइदिएँ भने एक्टिङभन्दा पनि रियाक्ट उनीहरुले राम्रोसँग गर्न सक्छन् र त्यही नै मैले खोजेको थिएँ । म बाहिरीभन्दा भित्री हिरो खोजिरहेको थिएँ । म दया दाइलाई पनि सरप्राइज दिन चाहन्थेँ । मैले नाजिरलाई सोचिरहेको थिएँ । तर म रोकिएँ किनभने मेरो कथा कालिङपोङको भएकाले त्यहाँको वस्तुस्थिति बुझ्न र त्यसलाई उतार्न नाजिरलाई समय लाग्थ्यो । त्यसैले मैले नयाँ मान्छे खोजेको हुँ । 

तपाईंले ‘आप्पा’ नेपालसँगै भारतका सिनेमा हलमा एकैपटक रिलिज गर्ने भनेर भनिरहनुभएको छ । डिष्ट्रयुटरमार्फत् नै जाने हो कि ‘शो’ बुक गर्ने हो ?

डिष्ट्रयुटरमार्फत् नै जाने हो ।  भाडा तिरेर हलमा ‘शो’ किन्ने होइन । यसमा लागि हामीले लामो मेहनत गरेका छौं । मेरो दाइ माबोहाङ यसमै काम गर्नुहुन्छ । भारतमा नेपाली चलचित्र हेर्ने दर्शक पनि धेरै हुनुहुन्छ । नेपाली चलचित्रलाई माया गर्नुहुन्छ तर हलमा नलागेका कारण हेर्न पाइरहनु भएका छैन । 

चार वर्षसम्म गरेको तयारीपछि हुन लागेको यो । अब ‘आप्पा’बाट हामी नेपाली चलचित्र लगातार भारतका हलमा रिलिज गर्नेछौं ।

भारतका कहाँ कहाँ रिलिज गर्दै हुनुहुन्छ ?

कालिम्पोङ, दार्जिलिङ, खर्साङ, सिलगुडी, डुवर्स, ग्यान्टोक, नाम्की, नयाँ दिल्दी, कोलकाता, गोहाटी, कलुवा, सिलोङ र आसाममा लाग्ने छ । दैनिक २५ भन्दा धेरै शो पाउने छ । यो शो बढ्दै पनि छ । ती हलमा अहिले आप्पाको ट्रेलर पनि बजिरहेको छ । धेरै अगाडि नै गर्नुपर्ने कुरा हामी धेरै ढिलो गरिरहेका छौं । 

नेपाली चलचित्र किन खैरो कपाल र निलो आँखा भएको व्यक्तिले खोजीखोजी हेर्दैन ? 

भन्दा नराम्रो लाग्न सक्छ तर मैले देखेको कुरा भन्छु, हामी अर्डर दिने होइन अर्डर लिनुमा खुसी छौं । एउटा गोरेले आएर पिठ्युँमा ढक्ढक् गरेर गुड भन्यो भने हामी मख्ख पर्छौं तर त्यही नेपालीले गर्यो भने हामी खुुसी हुन जान्दैनौं । हाम्रो डीएनएमै त्यो कुरा इन्कोड भएर आइसकेको छ । यसलाई हामी आफैँले परिवर्तन गर्दै जानुपर्छ । हामी सक्षम छौं र अरुले जस्तै राम्रो र अरुको भन्दा राम्रो गर्न सक्छौं भन्ने भावना किन आउँदैन ? यसमै छ, समस्या । यो सोच बदलिनुपर्छ अब । 

विदेशीलाई देखाउन किन नसक्नु ? सकिन्छ । मीन भामले कालो पोथी संसारका गोरेहरुलाई त्यो पनि सम्मानित ठाउँमा देखाइरहेका छन् त । म अमेरिकनका लागि चलचित्र बनाउँदैछु भन्यो भने तपाईंका सय जना साथीलाई सुनाउनुभयो भने कतिले ल बनाऊ भन्छन् ? सबैले मुख खुम्च्याउँछन् । आफैंले आफैंलाई विश्वास गर्न नसक्नु नै नेपाली चलचित्र विदेशी दशर्कसम्म नपुग्नुको मुख्य कारण हो । 

हाम्रो चलचित्र उद्योगमा लगानीकर्ता पनि कम छन् । मैले देखेको गर्नसक्ने हो भने र विश्वास गर्ने हो भने सबैभन्दा आँटी बिजनेस यही हुन्छ । फेल हुन्छौं भन्ने हामीलाई डर छ । हार्न डराउन छोड्यौं र अर्को मान्छेजस्तै म पनि बराबर छु भनेर सोचेर काम गर्न थाल्यौं र आफ्नै सोचमा हारेनौं भने पक्कै पनि केही वर्षमा हाम्रा कथाहरु पनि बाहिर जान थाल्नेछन् । 

नेपाली मेकरले किन आफ्नै कथा भन्न सकेनन् ? 

हामीले आफैँलाई खोदल्न सकेनौं । बलिउड सूत्रमै चलचित्र बनाइरहेका छौं । आफ्नै कथा आफ्नै शैलीमा भन्ने आँट नै गरेका छैनौं । 

किन आएन आँट, बनाउने त तपाईंहरु नै हो ?

तपाईं कुनै प्रोड्युसरसँग बस्नुस्, चासो नै दिँदैनन् । कमेडी र बलिउड सूत्रकै स्क्रिप्ट चाहिन्छ उनीहरुलाई । एक र दुईबीचको ग्याप नै हामीले खोतल्न सकेका छैनौं । हाम्रो सोच नै बदल्न सकेका छैनौं । सोच नबदलेसम्म कसरी बन्छन् नयाँँ र राम्रो चलचित्र ? कुनै दिन अहिलेका चलेका भारतीय चलचित्र मेकरहरु महिनौंसम्म कफी हाउसमा फिल्म डिस्कसनका लागि सँगै बस्थे । मलाई भन्दिनुस् आज कति नेपाली चलचित्र मेकर फिल्म डिस्कसनका लागि सँगै बस्छन् ? यहाँ एउटाले यस्तो गर्दैछु भन्यो भने हे सक्तैनस् होला भनेर खुट्टा तानेर छोड्दिन्छ । होइन यो त दामी छ, यसलाई अझ यसरी गरौं भनेर त्यसलाई राम्रो बनाउने नयाँ पुस्ता आएपछि पक्कै पनि राम्रो होला । 

लुटमा शुरुमा निश्चल बस्नेतलाई सबैले हाउडे नै सोचेको त हो । तर जब लुट आयो, सबै बदलियो । रामबाबु गुरुङले जसरी कथा भन्न थाल्नुभयो, नयाँ कुराहरु आए । दीपकराज गिरीले आफ्नै ब्रान्ड बनाउनु भएको छ । चाहेर पनि आफूले भनेजस्तो चलचित्र बनाउन सकिँदैन ।

किन राम्रो चलचित्र बन्न सकेन, कथामात्रै मुख्य कारण हो ?

ब्ल्यु प्रिन्टमै फल्ट छ भने कसरी घर राम्रो बन्छ र ? राइटरमा राम्रो लगानी गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC