site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वी र मध्य क्षेत्रमा मेघ गर्जन गराउने बादल विकास हुँदै, दिनभर बदली हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले  देशको मध्य र पूर्वी तराईका भूभागहरुमा मेघ गर्जन गराउने घना बादल विकास भई केही  स्थानहरुमा मेघ गर्जन भैरहेको जनाएको छ । यो मौसमी प्रणाली उत्तर पश्चिमतिर सर्ने क्रममा रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज बुधबार दिनैभरी देशभरी बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । आज राति देशको पूर्वी र पश्चिमी भूभागहरुमा सामान्य बदली तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली भइ पूर्वी तथा पश्चिमी भेगका केही स्थानहरुका साथै मध्यका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको र पश्चिमी भेगका एक दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भोलि विहीबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी भूभागमा सामान्य बदली भइ पूर्वका केही स्थानहरुका साथै मध्य  तथा पश्चिमका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदली भइ पूर्व र पश्चिमका केही स्थानहरुका साथै मध्यका  थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

Global Ime bank

विहीबार राति पनि देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भइ  पूर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC