site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीय सरकारद्वारा  बजेटको विवरण पठाउन स्थानीय तहलाई पत्राचार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेर नगर तथा गाउँ सभामा पेश भएको बजेटको विवरण पठाउन आग्रह गरेको छ । सो मन्त्रालयले बुधबार गरेको पत्राचारमा भनिएको छ, ‘‘स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ७१को उपदफा(१) तथा अन्तर—सरकार वित्त व्यवस्थापन ऐन, २०७४को दफा २१को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गते भित्र आगामी आव २०७६–७७ को राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा–नगर सभामा पेश गर्नुपर्ने व्यवस्था अनुसार त्यहाँ गाउँपालिका तथा नागरपालिकाको विवरण तीन दिन भित्र पठाउन आग्रह गरिएको छ ।’’

पत्रमा पठाइने विवरणमा आन्तरिक स्रोत, राजस्व बाँडफाँडबाट प्राप्त रकम, सशर्त अनुदान, विशेष तथा समपुरक अनुदान, आन्तरिक, कुल बजेट, खर्च प्रस्ताव लगायतका कुरा खुलाउन समेत आग्रह गरिएको छ । पत्रको बोधार्थ जिल्ला समन्वय समितिको कार्यालय, स्थानीय प्रशासन तथा सामुदायिक विकास कार्यक्रम, प्रादेशिक समन्वय एकाइ तथा सूचना प्रविधि शाखालाई पनि दिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC