site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाम्बीयाकी सुन्दरीद्वारा पूर्वराष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप 
Sarbottam CementSarbottam Cement

गाम्बिया । गाम्बियाकी पूर्वब्युटी क्विन २३ वर्षीया फाटोउ जालोले आफू सन् २०१५मा पूर्वराष्ट्रपति यह्या जम्मेहबाट कार्यालयमा नै बलात्कृत भएको आरोप लगाएकी छन् ।

हुमन राइट्स वाच र ट्रायल इन्टरनेसनलको रिपोर्टमा सो कुरा जनाइएको छ । बीबीसीले अहिले इक्वेटोरियल गुयनामा निर्वासनमा बसेका जम्मेहलाई सम्पर्कको प्रयास गरेको जनाएको छ । उनको एपीपीआर पार्टीका प्रवक्ताले भने सो आरोपको खण्डन गरेका छन् । उनले लिखित जवाफमा आरोपको खण्डन गरेका हुन् ।
आरोप लगाउने युवतीले भने आफूले उनीसँग अदालतमा भेट्ने समेत जनाइएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूले सो घटना बिर्सन खोजेको भएपनि नसकेकोले बोल्ने निर्णय गरेको जनाएकी छन् । जम्मेहको २२ वर्षको शासन कालमा भएका मानवअधिकार उल्लंघनका घटनाका बारेमा अहिले त्यहाँ छानबिन प्रक्रिया चलिरहेको छ । जम्मेहले शक्ति छोड्न नचाहेपछि क्षेत्रीय  शक्तिहरुले सेना पठाएका थिए । त्यसपछि उनी सन् २०१७मा पद छोडेर निर्वासनमा गएका हुन् ।

जालोले आफूले सन् २०१४मा व्युटी प्याजेन्ट जितेपछि राष्ट्रपतिलाई भेटेको र आफू त्यतिबेला १८ वर्षको भएको जनाएकी छन् । त्यसपछि उनलाई लगातार बोलाउन थालिएको जनाउँदै आफूलाई पूर्वराष्ट्रपतिले थप्पड हानेको र पाखुरामा सुई घोपेको समेत आरोप लगाएकी छन् । साथै उसले यौन ज्यादती गर्ने गरेको समेत आरोप लगाएकी छन् । त्यसपछि आफू छिमेकी मुलुक सेनेगल हुँदै क्यानडा भागेको समेत जनाएकी छन् ।  (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC