site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुपन्देही र दाङमा चट्याङले छ जनाको मृत्यु, यो वर्षमात्रै देशभरमा ३१ जनाको मृत्यु  
Sarbottam CementSarbottam Cement

दाङ । दाङ र रुपन्देहीमा मंगलबार चट्याङ लागेर छजनाको मृत्यु भएको छ । दाङमा चट्याङ लागेर मृत्यु हुने तीनैजना बालक रहेका छन् ।  मंगलबार साँझ करीब साढे ६ बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रूखमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो ।  साथै सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै रूपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर मंगलबार बेलुका नै तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् ।  अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ ।  यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्य पूराले जनाएको छ ।  गृह मन्त्रालयका अनुसार यो वर्ष चट्याङका कारण ३१ जनाको मृत्यु भइसकेको छभने १३९ जना घाइते भएका छन् । गतवर्ष भने ६८ जनाको मृत्यु भएको थियो कम्तिमा चार सय घाइते भएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC