site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सगरमाथामा ६० वर्षदेखिको फोहोर : सरकारी निकायको ‘दुःख’ अर्कै !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सगरमाथामा फोहोर बढेको भनेर अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुन थालेपछि नेपालका सरकारी अधिकारीहरुले भने फोहोरको विषयमा केही समस्या भएको स्वीकार गरेका छन् । 

नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘हामीले सकेसम्म सफाई गरिरहेका छौं । तर, हिउँले पुरिएको बेलामा फोहोर देखिँदैन । हिउँ पग्लेको बेलामा हामीले उठाइरहेका छौं । हालै मात्रै पनि उठाइएको हो ।’’

Agni Group

उनले सकारात्मक ढंगले अन्तर्राष्ट्रिय मिडियामा आएका कुरालाई स्वीकारेर सोहीअनुसार सच्याउन सकिने भएपनि कतिपय कुरा त्यत्तिकै फैलाइँदा त्यसबारेमा केही भन्न नसकिने जनाए । हालै प्रधानमन्त्री केपी शर्मा ओली बेलायत गएको बेलामा पनि लियाजो अफिसर नै सगरमाथा क्षेत्रमा नगएको भनेर सोधिएको प्रश्नमा पनि आपत्ति जनाए । 

‘‘बीबीसीले पनि गलत कुरा सोध्यो, उहाँहरुले सोधेजस्तो होइन । केही मानिस बिरामी भएर सगरमाथा क्षेत्रमा नजानु अर्कै कुरा हो । तर, जाँदै नगएको भन्ने होइन । उनीहरुले त्यहाँ हाजिर नै गरेका छन्,’’ उनले भने ।

Global Ime bank

बीबीसीले प्रधानमन्त्री ओलीलाई ६० जना लियाजो अफिसर खटिएकोमा  पाँचजना मात्रै गएको भनेर प्रश्न सोधेको थियो । महानिर्देशक घिमिरेले भने,‘‘३७ जना खटाइएकोमा बीबीसीले रिपोर्टिङ्ग गरेको बेलामा २२ जना त्यहाँ हाजिर भएका थिए । तर उहाँहरुले कम देखाउनुभयो । त्यो गलत छ । २२ जनाले त्यहाँ हाजिर गरेकै देखिएको छ । अरु केही भने कोही बिरामी भएर र केही अन्यत्रै खटिएकाले त्यतिबेला नभएका हुन् ।’’

मंगलबार फक्स न्यूजले एशोसिएट्स प्रेस(एपी) को समाचार प्रकाशित गर्दै सगरमाथा ‘खुला शौचालय’ भएको जनाएको थियो । त्यसैगरी त्यहाँबाट पग्लेको हिउँ नै तल्लो भागमा जाने र तल्लो भागमा रहेका मानिसलाई स्वास्थ्य समस्या पनि भएको जनाएको थियो । महानिर्देशक घिमिरेले भने,‘‘६० वर्ष अघिदेखिकै फोहोर पनि सगरमाथामा हुन सक्छ । तर, हिउँ पग्लिएपछि मात्रै देखिने भएकोले देखिएपछि हामीले सफा गर्ने गरेका छौं । अरु बेला देखिँदैन । अहिले पनि चौथो शिविरमा बाहेक अन्यत्र फोहोर नभएको शेर्पाहरुले बताएका छन् ।’’

उनले केही अघि धेरै पर्वतारोहीलाई आरोहण अनुमति दिएर मृत्यु संख्या बढेको भन्ने चर्चा विदेशी मिडियामा आएपछि सरकारले छानबिन समिति बनाएको जनाए ।  घिमिरेले भने,‘‘मन्त्रालयद्वारा समिति बनाइएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा आगामी दिनमा सुधार गरिनेछ ।’’

‘‘हामीले त्यहाँ फोहोर नै हुन नदिने मामिलामा पनि सोच्नेछौं । त्यसमा के गर्न सकिन्छ त्यसबारेमा अध्ययन गरिनेछ । तर हाम्रो दुःख के छ भने हिउँ परेको बेलामा फोहोर देखिँदैन । विगत ६० वर्षदेखि भइरहेको नै यही हो । तर फोहोर फाल्नै नदिने बारेमा हामीले सोच्न सक्छौं,’’उनको भनाई थियो ।  सगरमाथामा यसपालि ३८१ जना पर्वतारोहीलाई आरोहण अनुमति दिएकोमा त्यसकै कारण ट्राफिक जाम भएको भनेर केहीअघि अन्तर्राष्ट्रिय मिडियामा समाचार प्रकाशित भएका कारण नेपालको व्यवस्थापनको बारेमा आलोचना भएको थियो ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC