site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इन्जिनियरिङ परिषद् विधेयकले खोस्छ काउन्सिलको स्वायत्तता ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ ले इन्जिनियरिङ परिषद्को स्वायत्ततामा हमला गर्ने भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । राष्ट्रियसभामा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा मंगलबार सांसदहरुले विधेयकमा भएका व्यवस्थाले परिषद्को स्वायत्तता खोसिने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

गत जेठ २९ गते भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले दर्ता गराएको विधेयकमाथि मंगलबार सैद्धान्तिक छलफल शुरु भएको हो । ०५५ साल पछाडि पहिलोपटक इन्जिनियरिङ परिषद् विधेयक संशोधनको प्रस्ताव आएको हो ।
 
परिषद्को स्वायत्ततामाथि हमलाको चिन्ता
छलफलका क्रममा राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा परिषद्को क्षेत्राधिकारमा सरकारले हस्तक्षेप गर्ने खालको व्यवस्था भएको बताए ।  त्यस्तै उनले परिषद्ले विनियम बनाउन सक्ने भएपनि कार्यविधि र मापदण्ड समेत बनाउन सक्ने कुरामा अधिकारीले आपत्ति जनाए ।  उनले आफुहरुले पटक–पटक नगर्न भनेको प्रत्यायोजित अधिकारको प्रयोग गरिएकोमा पनि असन्तुष्टि जनाए । 

“परिषद् भएको हुनाले विनियम बनाउने कुरा बुझ्न सकिन्छ । कार्यविधि र मापदण्डसमेत बनाउन पाउने गरी फेरि प्रत्यायोजित अधिकार अन्तर्गत ल्याइएको छ । यो कुरा बुझ्न सकिएन,” अधिकारीले सैद्धान्तिक छलफलका क्रममा भने, “इन्जिनियरिङ काउन्सिलले अहिलेसम्म के त्यस्तो काम गरेछ जसले गर्दा सरकारले उसको स्वायत्ततामा निर्देशन दिन आवश्यक ठानेछ । हिजोसम्म ऐनमा निर्देशन दिने व्यवस्था नहुँदा गम्भिर क्षति पुगेको भए त्यतिबेला निर्देशन दिने कुरा ल्याउने होला । औचित्य पुष्टि नगरिकन यो कुरा ल्याइएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

इन्जिनियरिङ परिषद् स्वायत्त निकाय भएको भन्दै उनले स्वायत्त परिषद्को क्षेत्राधिकारमा सरकारले हमला गर्नु उचित नभएको पनि बताए । सरकारले परिषद्मा ५ जना मनोनित गर्दा परिषद्को स्वायत्तता गुम्ने उनले चिन्ता व्यक्त गरे । त्यस्तै, इन्जिनियरिङ परिषद्मा इन्जिनियरले नाम दर्ता गर्दा के के कागजात आवश्यक हो त्यो पहिले नै प्रष्ट हुनुपर्ने बताए । 

Global Ime bank

पछि रजिष्ट्रारले अरु कागजात माग्न सक्ने कुरा उचित उनको भनाइ थियो । विधेयकमा मूल ऐनको दफा १३ (२)मा इन्जिनियरले परिषद्मा नाम दर्ता गराउँदा केही अस्पष्ट भएमा रजिष्ट्रारले थप आवश्यक कागजात मगाउन सक्ने व्यवस्था गरिएको छ । छलफलकै क्रममा अर्का सांसद बद्री पाण्डेले पनि सरकारले विधेयकमा अहिले राखेको व्यवस्थाले परिषद्को व्यवसायिक स्वायत्तता कुण्ठित गर्न खोजिएको आरोप लगाए ।
 
मन्त्रीले गरे बचाउ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री महासेठले भने विधेयकमा अन्य सांसदहरुले आलोचना गरेको व्यवस्थाको बचाउ गरे । विधेयककोे प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले परिषद्लाई नियन्त्रित गर्नेगरि विधेयक नआएको दाबी गरे । “नेपाल सरकारद्वारा यो नियन्त्रित गर्ने होइन कि आवश्यक परेको खण्डमा नेपाल सरकारले निर्देशन दिन सक्नेछ । हामीले त्यो भाषा प्रयोग गरेका छौं, पहिले त्यो थिएन,” उनले भने ।

त्यस्तै उनले सरकारले परिषद्मा मनोनित गर्दा राजनीतिक रुपमा नभइ योग्यता र क्षमताका आधारमा गर्ने बताए । त्यस्तै, इन्जिनियरिङ कलेजको गुणस्तर बढाउनका लागि विधेयकमा व्यवस्था गरिएको भन्दै उनले सरकारले  शिक्षण संस्थाको दर्ता बिना कारण खारेज नगर्ने बताए । परिषद्ले अहिलेसम्म वार्षिक प्रतिवेदन कुनै निकायलाई जानकारी गराउने प्रचलन नभएकाले सो व्यवस्था थप गरिएको जानकारी दिए ।  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC