site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१२ लाख पर्यटक आउँदा नेपालको हवाई क्षमताले धान्नै सकेन : अर्थमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले भिजिट नेपाल २०२० का संघीय सरकारको बजेट कम रहेको स्वीकारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत सांसदहरुले राखेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सो कार्यक्रमका लागि कम बजेट विनियोजन गरेको स्वीकार गरेका हुन् ।

उनले भिजिट नेपाल २०२० का लागि एक अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सक्ने क्षमतामा पर्यटन बोर्ड रहेकाले सरकारले पर्यटन क्षेत्रको विनियोजन सोही अनुमानका आधारमा कम राखिएको बताए । त्यसैगरी स्थानीय तहले पनि पर्यटन क्षेत्रमा बजेट छुट्याउने गरेकाले संघीय सरकारले पर्यटन वर्ष २०२० का लागि धेरै बजेट नराखेको उल्लेख गरे ।

यसअघि सांसदहरुले भ्रमण वर्षका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै सो बारे मन्त्रीको जवाफ माग गरेका थिए । मन्त्री खतिवडाले सरकार देशको हवाई क्षमता बढाउन तत्पर रहेको बताएका छन् । देशको हवाई क्षेत्र १२ लाख पर्यटक धान्न पनि असमर्थ रहेको अवस्थामा खतिवडाले सरकारले हवाइजहाजबाटै पर्यटक ल्याउन जोड दिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “हाल मुलुकमा १२ लाख पर्यटन आउँदा हवाई क्षमताले भ्याउन कठिन छ ।” यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्ने काम द्रुत रुपमा अघि बढाउनुपर्ने र सोहीअन्तर्गत अहिले धावनमार्ग पुनर्निर्माणको काम सुरू भएको उनले बताए ।  खतिवडाले भने, “धावन मार्गको पूनर्निर्माण जुन महिनाभित्र सम्पन्न भई रात्रिकालीन उडान र अवतरणसँगै चौबिसै घण्टै सञ्‍चालन गर्न सरकार केन्द्रित छ ।”

खतिवडाले पर्यटन देशको द्रुत आर्थिक वृद्धि, उच्च रोजगारी सिर्जना, आयको वितरण, गाउँ र सहरको सन्तुलित विकास र विदेशी मुद्रा आर्जनको समेत मूख्य स्रोत भएको बताए । सरकारले यसकै आधारमा आर्थिक वर्ष २०७६-०७७ को बजेटले पर्यटन क्षेत्रका योजना तय गरेको उनको भनाई छ ।

Global Ime bank

खतिवडाले गौतमबुद्ध विमानस्थलको रन वे निर्माण सम्पन्न भएको बताउँदै यही पुससम्ममा टर्मिनल भवन निर्माण सम्पन्न गरी व्यवसायिक अन्तर्राष्ट्रिय उडानको अनुमति लिने बताए । यसका साथै नयाँ विमानस्थल निर्माणको खोजी र विमानस्थल निर्माण गर्ने कार्यलाई सरकारले तीव्र रुपमा अघि बढाएको बताए ।

हवाई सेवाकै सम्बन्धमा पोखरा अन्तर्रराष्ट्रिय विमानस्थलको निर्माण दुई वर्षमा सक्ने गरी कार्यलाई निरन्तरता दिएको र निजगढ विमानस्थलको हकमा लगानी सम्मेलनमा लगानीकर्ताको इच्छाअनुसार सार्वजनिक-निजी सहकार्यमा अगाडि बढ्ने प्रस्ट पारे ।

यसैगरी, काठमाडौं र पोखरा केन्द्रित पर्यटकलाई मुलुकभर कसरी विकास गर्ने भन्ने बारेमा सरकारको ध्यान रहेको उनले उल्लेख गरे । एक सय पर्यटन गन्तव्यको साथै धार्मिक, मनोञ्जन, साहसिक, स्वास्थ्य टुरिजमका कार्यलाई सरकारले ध्यान दिएको बताए । 

खतिवडाले प्रदेशमा बनाउने विमानस्थल बारेमा दुविधा रहेकाले सरकारले हवाई पुर्वाधारको रणनीति बनाउन लागेको र सोको आधारमा अन्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने भन्ने बारे निर्णयमा पुगिने स्पष्ट पारे । उनले एउटा प्रदेशमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थलको कुरा संसदमै उठिरहेको भएपनि विमानस्थलको निर्माणको आधार तयार हुन नसकेकाले हवाई पुर्वाधार रणनीति तय भएपछि यसबारे थप काम अघि बढाइने स्पष्ट पारे ।

सो क्रममा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दाको प्रभाव सञ्चारमाध्यममा नै स्पष्ट देखिने गरी नै आएको दाबी उनल गरे । यसैगरी सांस्कृतिक स्थलको अतिक्रमण रोक्न सरकार सचेत र संवेदनशील रहेको दाबी उनको छ ।

आन्तरिक विमान भाडा स्वदेशी र विदेशीलाई भिन्न भएको भन्ने सन्र्दभमा उनले सरकारको नीति अनुसार नै नेपालीलाई अनुदान अनुसार प्राथमिकतामा राख्ने काम गरिएको स्पष्ट पारे । खतिवडाले नेपाल एयरलाइन्समा देखिएको समस्या वर्तमान सरकारबाट सुरू नभएको भए पनि सरकार त्यसतर्फ चिन्तित रहेको उल्लेख गरे । नेपाल एयरलाइन्सको पुँजीगत र सांगठनिक पुर्नसंरचना गर्नुपर्ने आवश्यकता खतिवडाले औंल्याएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC