site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला प्रधानमन्त्री कपः खेल रद्द हुँदा सुदूरपश्चिम फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी  राष्ट्रिय  क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
खेल रद्द हुँदा प्रतियोगिताको नियमअनुसार समूहको विजेताको रुपमा सेमिफाइनल पुगेको सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो ।
महेन्द्रनगरस्थित कभर्डहल क्रिकेट मैदानमा वर्षाले गर्दा मैदान नसुक्दा मंगलबार तय भएको सुदूरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो ।
अब सुदूरपश्चिमले  फाइनलमा प्रदेश १  र एपीएफ बीचको विजेतासँग  बुधवार  प्रतिस्पर्धा  गर्नेछ ।
असार ४ गतेबाट सुरु भएको प्रतियोगितामा  ८  टिमको सहभागिता रहेको छ । जसमा  ७ प्रदेश तथा १ विभागीय टिम एपीएफको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछन् भने विधागत रुपमा उत्कृष्ट हुनेलाई जनही समान १५–१५ हजार नगद प्रदान गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC