वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि सन् १९९०को दशकमा एक स्तम्भकारले यौन दुर्व्यवहारको आरोप लगाएको प्रसंगको खण्डन गरेका छन् । उनले द हिललाई सोमबार दिएको अन्तर्वार्तामा भनेका छन्, ‘‘सी इज नट माइ टाइप ।’’
ट्रम्पले ई जीन क्यारोलले न्यूयोर्क डिपार्टमेन्ट स्टोरमा ट्रम्पले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले आरोप पूर्ण रुपमा झूटो भएको दाबी गरेका छन् । ‘‘म यो कुरा ठूलो सम्मानका साथ भनिरहेको छु । पहिलो नम्बर उनी ‘नट माइ टाइप’, नम्बर दुई यो कहिल्यै पनि भएको छैन । यो कहिल्यै भएको थिएन, ओके ?’’ ७५ वर्षिया क्यारोलले गएको शुक्रबार न्यूयोर्क म्यागेजिनमा सो आरोप लगाएकी थिइन् । क्यारोलले विभिन्न अन्तर्वार्ताका क्रममा ट्रम्पले दुर्व्यवहार गरेको बताएकी थिइन् । क्यारोलसमेत गरेर ट्रम्पलाई यस्तो आरोप लगाउने महिलाको संख्या १६ पुगेको छ ।
(बीबीसी)