क्वालालम्पुर । मलेसियाको जोहोर राज्यमा ७५ जना विद्यार्थी एक्कासी बिरामी भएपछि सो राज्यका ४०० भन्दा बढी विद्यालय मंगलबार बन्द गरिएका छन् । विद्यार्थीहरुलाई सास फेर्न कठिन हुनुका साथै वान्ता समेत भएको थियो ।
औधोगिक क्षेत्र पासीर गुदाङ क्षेत्रका विद्यालय आउँदो विहीबार सम्मका लागि बन्द गरिएका छन् । वायु प्रदूषणको कारण सो क्षेत्रमा समस्या देखिएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । गएको मार्चमा खोलामा अवैध रुपमा फोहोर फालिएपछि करिब ४ हजार मानिस तिनमा अधिकांश बालबालिका बिरामी भएका थिए । यद्यपि अहिलेको घटना त्यतिबेलाकोसँग सम्बन्धित नरहेको अधिकारीहरुले बताएका छन् । जोहोरका मुख्यमन्त्री डा
सहरुद्धिन जमालले १५ वटा विद्यालयका ७५ जना विद्यार्थीले सास फेर्न गाह्रो महसुस गर्नुका साथै वान्ता पनि गरेका थिए ।उनीहरु सबैलाई अस्पताल लगिएको मुख्यमन्त्रीले बताएका छन् ।
(बीबीसी)