site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार को सँग डराउन थाल्यो ? प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–इतिहास दोहोर्‍याउने कुचेष्टा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले इतिहास दोहोर्‍याउने कुचेष्टा भइरहेको जनाएका छन् । 

उनले  सामाजिक सञ्जालमार्फत् यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले ट्विटर र फेसबुकमा एक साथ सार्वजनिक गरेको धारणामा भनिएको छ,‘‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने नभए सरकारका विरुद्ध प्रयोग गर्ने । क—कसलाई के कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भनीभित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था । इतिहास दोहोर्‍याउने कुचेष्टा ।’’

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीले के कुरालाई संकेत गर्न खोजिएको भनेर डा. भट्टराईसँग जिज्ञासा राख्दा उनले भने,‘‘मैले देखेको कुरा लेखेको हुँ । यहाँभन्दा बढी भन्ने कुरा छैन । यसैबाट बुझ्नुहोला ।’’

प्रधानमन्त्री ओलीले केही दिनअघि गरेको पत्रकार सम्मेलनमा ‘मूर्ति चोर’ भन्नु, सूचना तथा सञ्चार प्रविधि मन्त्रीले आफ्नो नियमित पत्रकार सम्मेलनमा पनि विभिन्न शक्तिकेन्द्रहरुको बारेमा आलोचना गर्नु र अहिले फेरि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारको यस्तो धारणा आउनुले सरकार कुन शक्तिसँग डराउन खोजिरहेको भन्ने प्रश्न जनस्तरमा उठ्न थालेको छ ।

Global Ime bank

हालै भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल पुनः हिन्दु राज्यतर्फ जान सक्ने खालको धारणा राखेका थिए । उता अमेरिकाले यही बीचमा गएको शुक्रबार निकालेको धार्मिक स्वतन्त्रता सम्बन्धी प्रतिवेदनमा भने भारतीय सत्तारुढ पार्टी भाजपा निकटस्थहरुसँग नेपालका प्रभावशाली नेताहरुले पैसा खाएर हिन्दु राज्य ल्याउन लागेको आरोप लागेको उल्लेख थियो । 

अमेरिकी प्रतिवेदनले पूर्वराजावादीहरुलाई तर्साउने प्रयास गरेको छ भने भारतीय नेताका गतिविधिले भने सरकारी मान्छेहरु तर्सिएको आकलन हुन थालेको छ । 

पछिल्लो अवस्थामा अमेरिका नेपालमा हिन्दु राज्यको विपक्षमा र भारतको सत्तारुढ दल निकट कतिपय शक्ति भने हिन्दु राज्यको पक्षमा देखिएकाले धार्मिक हिसाबले नेपाल दुई खेमाको चेपुवामा पर्ने अवस्था उत्पन्न भएको आकलन हुन थालेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC