site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाबुराम भट्टराईलाई गगन थापाको जवाफ–कांग्रेसको चिन्ता नगर्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई राप्रपाले मार्गदर्शक सिद्धान्तका रुपमा अघि सारेपछि त्यस विषयमा राजनीतिक वृत्तमा बहस जारी छ । समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेसप्रति गरेको टिप्पणीको जवाफ दिँदै कांग्रेस नेता गगन थापाले भट्टराईलाई भोट दिएर जिताएको कांग्रेसले क्षमापुजा गर्ने बताएका थिए ।

उनले निर्वाचन सकिएको डेढवर्ष नपुग्दै भट्टराईले कांग्रेसको चर्को आलोचना गर्न थालेको भन्दै गोरखा पुगेर यस्तो प्रतिक्रिया दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसलगत्तै भट्टराईले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेका थिए– “बीपीलाई अब राप्रपाले अपहरण गरेछ ! बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो ! बीपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापुजा पछि गरौला ! हामी साथ दिन तयार छौं !”

उक्त भनाइलाई जवाफ दिँदै कांग्रेस नेता थापाले ट्विटमार्फत नै भनेका छन्–“विपीलाई अब राप्रपाले अपहरण गरेछ ! पहिले अपहरित विपीको रक्षा गर” डाक्टर साब चिन्ता नगर्नुस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईँको ‘जनसरकार’को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज राप्रपाले अपहरण गर्न सक्दैन ।”

Global Ime bank

बिपीलाई अब राप्रपाले अपहरण गरेछ!बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो!बिपीको आत्माले के भन्दै होला?कांग्रेसी मित्रहरू हो,पहिले अपहरित बिपीको रक्षा त गर,बाबुरामको क्षमापूजा पछि गरौला!हामी साथदिन तयार छौं! https://t.co/2s6tfgJLdp

— Baburam Bhattarai (@brb1954) June 23, 2019

 

"विपीलाई अब राप्रपाले अपहरण गरेछ! पहिले अपहरित विपीको रक्षा गर”
डाक्टर साब, चिन्ता नगर्नूस् । विपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको 'जनसरकार'को हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।

— Gagan Thapa (@thapagk) June 25, 2019

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC